IME Life New

अब राष्ट्र बैंकबाट असर्फी बिक्रीमा कम्प्युटर बिलिङ उपलब्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराउने भएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाबाट बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिक सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था गरिएको छ।

Esewa
Crest

ग्राहकले असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र, मतदाता परिचयपत्र, राहदानी वा नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्र पेस गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

विदेशी नागरिकको हकमा राहदानी पेस गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS