IME Life New

अब निर्जीवन लघुबीमा कम्पनीले मोटर लघुबीमा व्यवसाय पनि गर्न पाउने, रु. ५० लाखसम्मको सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब निर्जीवन लघु बीमकले मोटर लघुबीमा व्यवसाय पनि गर्न पाउने भएका छन्। नेपाल बीमा प्राधिकरणले लघु बीमा (प्रथम संशोधन) निर्देशन, २०८० जारी गर्दै यस्तो व्यवस्था थप गरेको हो। अब निर्जीवन लघुबीमा कम्पनीहरुले ५० लाख रुपैयाँसम्म मोटर लघुबीमा गर्न पाउने छन्।

यसअघिको निर्देशनमा यस्तो व्यवस्था थिएन। यसअघिको निर्देशनमा ५० लाख रुपैयाँसम्म घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा गर्न पाउने व्यवस्था रहेको थियो।

Esewa
Crest

यसैगरी संशोधित व्यवस्थाअनुसार मोटर बीमादरसम्बन्धी निर्देशन, २०७३ बमोजिम मोटर तेस्रो पक्ष बीमा पनि निर्जीवन लघुबीमकले गर्न पाउने भएका छन्।

त्यस्तै प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ को दफा २० मा संशोधन गर्दै उपदफा (४) थप गरेको छ। जसमा उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए पनि वैदेशिक रोजगार (म्यादी) जीवन व्यवसायका लागि बीमांकको सीमा प्राधिकरणले जारी गरेको स्तरीकृत वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेखसम्बन्धी निर्देशनमा उल्लेख भएबमोजिम हुने भनिएको छ।

micro_2080revised_20240108_0001 (2)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS