IME Life New

अब देखि चिया खेतीको पनि बीमा गर्न पाईने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले चिया खेती बिमालेख जारी गर्ने तयारी गरेको छ । कृषकहरुको माग गर्न थालेपछि समितिले चिया खेतीले बीमालेख जारी गर्ने तयारी गरेको हो ।

चियाखेती बीमालेखले कुनै कारण खेतीमा क्षति भएमा दाबी भुक्तानी गर्छ । आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ, तुसारो, आकस्मिक, दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हुने हानी–नोक्सानी भएमा कम्पनीले दाबी भुक्तानी गर्छ । साथै यस बीमालेखले बीमितको दुर्घटनाबाट मृत्यु भएमा २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा वापत भुक्तानी गर्नेछ ।

Esewa
Crest
women picking tea leaves at a tea garden in Pashupatinagar of eastern Ilam on Thursday, May 5, 2016. Photo: RSS

क्षतिपूर्ति नदिने अवस्थाहरु
कृषकको परिवारकोे लापरवाहीको कारणले वा जानाजान मनोरञ्जनको कारण खेतीमा क्षतिमा भएमा कम्पनीले
भुक्तानी गर्दैन । साथै कानुनी निकायको आदेशमा बीमा गरिएको चिया खेतीलाई नष्ट गर्नु पर्ने भएमा,
चोरी भएमा, बीमितले आफनो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेमा, युद्घ, अतिक्रमण, विदेशी सैन्य
कारवाही, गृहयुद्ध, राजद्रोह, क्रान्ति, सत्ता विप्लव, सैनिक विद्रोहको कारणबाट बीमा गरिएको चिया खेतीमा
क्षति भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । साथै बीमा गर्दा कृषकले झुट्टा विवरण दिएमा पनि कम्पनी
दाबी भुक्तानी गर्न बाध्य हुँदैन ।

बीमितले पालना गर्नुपर्ने शर्तहरु 
चिया खेतीको बीमा गरेपछि कृषकले आफनै खर्चमा उचित रेखदेख तथा उपचार गराउनु पर्छ । चिया खेतीमा
नियमित मलखाद ब्यवस्थापन, काँटछाँट, प्रति टिपाई, बगान सम्भार, गोडमेल तथा अन्य कार्यहरु नियमित
रुपमा गर्नुपर्नेछ । साथै, सोको नियमित रुपमा कृषक डायरी अभिलेख राख्नुपर्छ । बीमकले चाहेको जुनसुकै
समयमा चिया खेती परीक्षण वा निरीक्षण गर्न सक्नेछ । बीमालेखमा तोकिए बमोजिमको शर्त अनुसार बीमा
गरिएको बालीको उचित स्याहार सम्भार नगरेको अवस्थामा बीमकले बीमितलाई सात दिनको लिखित सूचना
दिई बीमालेख रद्द गर्न सक्नेछ ।

चिया खेतीको बीमा गर्नका लागि न्यूनतम ०.०५ हेक्टर जग्गामा अधिकतम ७५० वोट (गाँज) सम्म हुनु पर्नेछ ।
चिया खेतीको बीमा चिया रोपिएको शुरु वर्ष देखी बीमा गर्न सकिनेछ । एक कृषकले एकै क्षेत्रफलमा लगाईएको
चिया खेतीको आंशिक बीमा गर्न पाइनेछैन ।

दाबी प्रक्रिया
बीमा गरिएको खेती हानी नोक्सानी भएमा विमकले सक्कल बीमालेख (आंशिक क्षति भएको अवस्थामा बीमालेखको छाँया प्रति), पूर्ण रूपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडाको सर्जमिन मुचुल्का, क्षति भएको चिया खेतीको फोटो र कृषक डायरीअभिलेखको प्रतिलिपी कम्पनीमा बुझाउँनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS