IME Life New

अबको ५ वर्षमा बेरोजगारी दर ५% मा सीमित गर्ने लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा अबको ५ वर्षमा बेरोजगारी दर ५ प्रतिशतममा सीमित गर्ने लक्ष्य लिइएको छ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले स्वीकृत गरेको राष्ट्रिय योजना आयोगको १६ औँ आवधि योजनामा यस्तो लक्ष्य लिइएको छ। जसअनुसार आर्थिक वर्ष २०८५।८६ सम्म बेरोजगारी दर ५ प्रतिशतमा झार्ने महत्वाकांक्षी लक्ष्य लिइएको छ।

Esewa
Crest

पञ्चवर्षीय योजनामा प्रतिव्यक्ति आय वार्षिक २ हजार ४१३ अमेरिकी डलर र आर्थिक वर्ष २०८५।८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँभन्दा माथि पुर्याउने लक्ष्य पनि योजनामा लिइएको छ। उक्त आर्थिक वर्षसम्म नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य पनि योजनाले लिएको छ।

पञ्चर्वीय योजनामा गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने र मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिइएको छ।

विद्युत उत्पादन ११ हजार ७६९ मेगावाट र विद्युत् पहुँच सतप्रतिशत जनसंख्यामा पुर्याउने तथा इन्टरनेटको पहुँच ९० प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य पञ्चवर्षीय योजनामा लिइएको छ।

पञ्चवर्षीय योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको छ। चालु आर्थिक वर्ष २०८०।८१ मा३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएकोमा आगामी आर्थिक वर्ष २०८१।८२ मा ६ प्रतिशत, २०८२।८३ मा ६.६ प्रतिशत, २०८३।८४ मा ७.४, २०८४।८५ मा ७.९ र २०८५।८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य पञ्चवर्षीय योजनामा लिइएको छ।

यसैगरी औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS