IME Life New

अधिकांश वाणिज्य बैंकले साउनका लागि घटाए ब्याजदर, विकास बैंकले के गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश वाणिज्य बैंकले साउनका लागि ब्याजदर घटाएका छन्। अहिलेसम्म प्राप्त ११ वटा वाणिज्य बैंकको सूचनामध्ये ९ वटाले ब्याजदर घटाएका छन् भने २ वटा स्थिर राखेका छ।

वाणिज्य बैंकहरुले आज सार्वजनिक सूचना प्रकाशित गरी साउनको ब्याजदरबारे जानकारी गराएका हुन्। वाणिज्य बैंकमध्ये सानिमा, प्रभु, ग्लोबल आइएमई, एभरेष्ट, हिमालयन, नेपाल बैंक, राष्ट्रिय वाणिज्य, सानिमा र सिटिजन्स बैंकले घटाएका हुन्। लक्ष्मी सनराइज, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्डले भने स्थिर राखेका छन्।

Esewa
Crest

साउनमा व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याजदर सानिमाले ६.४ प्रतिशत, प्रभुले ७ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत, एभरेष्टले ६.३ प्रतिशत, हिमालयनले ७.५ प्रतिशत, नेपाल बैंकले ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्यले ६.२१ प्रतिशत र सिटिजन्स बैंकले ६.७५ प्रतिशत निर्धारण गरेका छन्। असारमा व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर सानिमाले ६.४ प्रतिशत, प्रभुले ७ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत, एभरेष्टले ६.५ प्रतिशत, हिमालयनले ७.६५ प्रतिशत, नेपाल बैंकले ६.७५ प्रतिशत, राष्ट्रिय वाणिज्यले ६.२२ प्रतिशत र सिटिजन्स बैंकले ६.९ प्रतिशत निर्धारण गरेका थिए।

लक्ष्मी सनराइज, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टले भने असारकै ब्याजदरलाई निरन्तरता दिँदै साउनमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर क्रमशः ६.५ प्रतिशत, ६.३ प्रतिशत र ७ प्रतिशत निर्धारण गरेका छन्।

यसैगरी राष्ट्रियस्तरका विकास बैंकहरुले साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। उनीहरुले साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर दिने भएका छन्। असारमा राष्ट्रियस्तरका विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.२ प्रतिशत ब्याजदर दिएका थिए।

हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकमा मुक्तिनाथ, गरिमा, शाइन रेसुंगा, कामना सेवा, महालक्ष्मी, ज्योति, सांग्रिला र लुम्बिनी विकास बैंक रहेका छन्।

बैंकहरुले व्यक्तिगत मुद्दतिको निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत घटाएर संस्थागत मुद्दति निक्षेपको ब्याजदर कायम गर्नुपर्नेछ भने रेमिट्यान्स खातामा १ प्रतिशत बढाएर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS