IME Life New

अधिकांश वाणिज्य बैंकले भदौका लागि घटाए ब्याजदर, विकास बैंकले के गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश वाणिज्य बैंकले भदौका लागि ब्याजदर घटाएका छन्।

अहिलेसम्म प्राप्त ९ वटा वाणिज्य बैंकको सूचनामध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने ३ वटा स्थिर राखेका छन्। ब्याजदर घटाउनेमा नेपाल बैंक, नबिल, हिमालयन, सानिमा, एनआईसी एसिया र स्ट्यान्डर्ड चार्टर्ड छन्। यी बैंकहरु भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम क्रमशः ५.२५ प्रतिशत, ७ प्रतिशत, ७ प्रतिशत, ७.४१ र ६.२ प्रतिशत दिने भएका छन्। साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ६.२५ प्रतिशत, नबिलले ७.२५ प्रतिशत, हिमालयनले ७.५ प्रतिशत, सानिमाले ६.४ प्रतिशत, एनआईसी एसिया ७.६३ प्रतिशत र सिद्धार्थ बैंकले ७ प्रतिशत दिँदै आएका थिए।

Esewa
Crest

स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र लक्ष्मी सनराइज बैंकले भने साउनकै ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा स्ट्यान्डर्ड चार्टर्डले ७ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले पनि ६.२५ प्रतिशत ब्याजदर नै निर्धारण गरेका छन्।

यसैबीच राष्ट्रियस्तरका अधिकांश विकास बैंकले पनि साउनमा कायम गरिएको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई भदौमा निरन्तरता दिने भएका छन्। अधिकांश विकास बैंकले साउनमा ७ प्रतिशत दिएका थिए अब भदौमा सोही दर कायम गरेका छन्।
राष्ट्रियस्तरका विकास बैंकमध्ये ज्योतिले भने ब्याजदर घटाएर भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.७५ प्रतिशत ब्याज दिने भएको छ।

बैंकहरुले व्यक्तिगत मुद्दतिको निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत घटाएर संस्थागत मुद्दति निक्षेपको ब्याजदर कायम गर्नुपर्नेछ भने रेमिट्यान्स खातामा १ प्रतिशत बढाएर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS