IME Life New

अधिकांश वाणिज्य बैंकले असारका लागि घटाए ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश वाणिज्य बैंकले असारका लागि ब्याजदर घटाएका छन्। अहिलेसम्म प्राप्त १० वटा वाणिज्य बैंकको सूचनामध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १ वटा बढाएको छ। बाँकी ३ वटा स्थिर राखेको छ।

वाणिज्य बैंकहरुले आज सार्वजनिक सूचना प्रकाशित गरी असारको ब्याजदरबारे जानकारी गराएका हुन्। वाणिज्य बैंकमध्ये एनआईसी एसिया, सिटिजन्स, एभरेष्ट, कुमारी, सानिमा र ग्लोबल आइएमई व्यक्तिगततर्फ मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

Esewa
Crest

असारमा व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याजदर एनआईसी एसियाले ७.६९ प्रतिशत, सिटिजन्सले ६.९ प्रतिशत, एभरेष्टले ५.७५ प्रतिशत, कुमारीले ६.५६ प्रतिशत, सानिमाले ६.८ प्रतिशत र ग्लोबल आइएमईले ६.५ प्रतिशत कायम गरेका छन्। जेठमा व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर एनआईसी एसियाले ७.८ प्रतिशत, सिटिजन्सले ७ प्रतिशत, एभरेष्टले ६.५ प्रतिशत, कुमारीले ७.२६ प्रतिशत, सानिमाले ६.९ प्रतिशत र ग्लोबल आइएमईले ७.५ प्रतिशत कायम गरेका थिए।

नेपाल बैंकले भने असारमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर ६.७५ पुर्याएको छ। जेठमा ६.३९ प्रतिशत थियो।

सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले जेठकै ब्याजदरलाई असारमा निन्तरता दिएका छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम सिद्धार्थले ७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ७ प्रतिशत र कृषि विकास बैंकले ५.६६ प्रतिशत दिएका थिए।

बैंकहरुले व्यक्तिगत मुद्दतिको निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत घटाएर संस्थागत मुद्दति निक्षेपको ब्याजदर कायम गर्नुपर्नेछ भने रेमिट्यान्स खातामा १ प्रतिशत बढाएर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS