IME Life New

अदालतबाट सिलवालले पाए सफाइ, भन्छन्–‘न्याय पाउनेमा विश्वास थियो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले विशेष अदालतबाट सफाइ पाएका छन्।

विशेष अदालतले आज सिलवाललाई कीर्ते तथा भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गर्दै सिलवालमाथि कीर्ते तथा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Esewa
Crest

अख्तियारले गत मंसिर २४ गते झुठो विवरण पेस गरेको र गैरकानुनी ढंगले पदमा बसेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएलगत्तै सिलवाल प्राधिकरणको अध्यक्षबाट पदमुक्त भएका थिए। उनको कार्यकाल सकिन मुश्किलले २ महिनामात्रै बाँकी थियो।

सिलवालले सफाइ पाए पनि अब प्राधिकरणमा पुनर्बहाली हुन पाउने छैनन्। सरकारले गत सातामात्रै शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरिसकेको छ।

अदालतबाट सफाइ पाएसँगै इन्स्योरेन्स खबरलाई प्रतिक्रिया दिँदै सिलवालले आफूले न्याय पाएको बताए। ‘मैले न्याय पाउनेमा विश्वास थियो’, उनले भने, ‘त्यही भयो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

0%
sad

दु :खी

9%
amazed

अचम्मित

27%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS