IME Life New

अजोड इन्स्योरेन्सले सम्पन्न गर्यो विशेष साधारण सभा, शेयर संरचना परिवर्तनको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीले काठमाडौँ स्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न गरेको जनाएको छ ।

कम्पनीमा संस्थापक समुह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक समुहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरि कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै, सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्ट्रिगत गरी अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त निर्जीवन बीमा कम्पनीको पहिचान तथा छनोट गर्ने एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि मिति २०७९ जेठ २५ गते बसेको संचालक समितिको १०५ औ बैठकबाट गाभ्न गाभिन तथा प्राप्ति गर्ने सम्बन्धी उपसमिति गठन गर्ने र सोको स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरी बीमा प्राधिकरणमा पेश भएकोमा समितिबाट मर्जर अध्ययन कमिटीको स्वीकृति प्राप्त भएको हुँदा उक्त मर्जर अध्ययन कमिटी गठन गर्ने बारेको निर्णय अनुमोदन गरेको छ ।

त्यस्तै, सभामा एक आपसमा गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि कम्पनीको सम्पत्ति तथा दायित्वको मल्याइन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरू नियुक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य गर्न, आवश्यकता अनुसार बीमाङकीय मुल्याङकनका लागि परामर्शदाता, मूल्याङ्कनकर्ता लगायत कानूनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्न प्रस्ताव पारित गरेको छ ।

कम्पनी एक आपसमा संग गाभिने तथा प्राप्ति सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले उपरोक्त प्रस्ताव नं ३ को व्यवस्था समेत समावेश गरि सम्बन्धित नियामक निकायबाट स्वीकृति पश्चात कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, उपरोक्त प्रस्तावहरुको सम्बन्धमा सम्बन्धित निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोहि बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउदा केहि हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणीत गर्न, दाखिल खारेज गर्न र सम्बन्धित निकायबाट अभिलेख गराई लिन समेत संचालक समितिलाई अख्तियार दिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

हाल प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

60%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS