IME Life New

अजोड इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न, यस्तो छ लाभांस दिन नसक्नुको कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो चौंथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसीसी, अमन हल तेस्रो तल्ला त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न भएको हो । कोरोना संक्रमनको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७७ /७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसुचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै, सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८ /७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने(बर्तमान लेखापरिक्षक नै कानुनत पुनः नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

कम्पनीको बीमा शुल्क बृद्धिदर तथा मुनाफा हेर्दा शेयरधनीहरुले राम्रो लाभांस दिने अनुमान गरेका थिए । तर कम्पनीले यस वर्ष लाभांस दिन सकेन । साधारणसभालाई संवोधन गर्दै अध्यक्ष आजाद श्रेष्ठले मुनाफा हुँदा हुँदै पनि एनएफआरएस लगायतका वित्तीय प्रणाली अनुसार विभिन्न कोषमा रकम छुट्टयाउनु परेकाले दिन नसकिएको प्रष्ट पारेका छन् ।

उनले भने ‘कम्पनीले गत आर्थिक वर्षमा १० करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरे पनि एनएफआरएस अन्तर्गत विभिन्न शिर्षकमा थप नोक्सानी व्यवस्था गर्नुका साथै जेनरल एसेप्टेड अकाउन्टिङ प्रिन्सिपल ‘ग्याप’ को खुद नाफाबाट विभिन्न कोषहरुमा रकम छुट्याउनु पर्ने भएकोले संचित मुनाफा नकारात्मक भएकाले लाभांस दिन नसकिएको हो ।’

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा कुन बीमा शुल्क एक अर्ब ३१ करोड आर्जन गर्न सफल भएको थियो । एनएफआरएस अनुसार कम्नपीको खुद मुनाफा ८ करोड ६० लाख रुपैयाँ रहेको छ । त्यसत् प्रचलित लेखामान प्रणाली ‘ग्याप’ बाट तयार गरिएको वित्तीय विवरणमा १० करोड २० लाख रुपैयाँ मुनाफा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS