IME Life New

अचाक्ली बढ्यो अमेरिकी डलरको भाउ, नेपाली मुद्रा इतिहासमै कमजोर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बजारमा अमेरिकी डलरको भाउ बलियो बन्दै गएको छ। त्यसको प्रत्यक्ष प्रभाव विश्व बजारसँगै नेपाली बजारमा परेको छ। डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदै गएको छ।

नेपाली बजारमा आज माघ १ गते फेरि डलरको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।

Esewa
Crest

यसअघि १ अमेरिकी डलरको खरिददर १३७.१९ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँम्म पुगेको थियो। यो मूल्यमा डलरको भाउ केही दिन स्थिर बनेको थियो। आज फेरि ह्वात्तै बढेको हो।

डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS