Connect IPS
IME Life

बीमा सरेन्डरमा नेपाल लाइफबाट बाहिरियो सर्वाधिक रकम, कुन बीमकको कति समर्पण ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को जेठ महिनामा १० हजार बढी बीमालेख सरेन्डर (त्याग) भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार जेठ महिनामा १० हजार ९३५ वटा बीमालेख समर्पणवापत कुल १ अर्ब २१ करोड ५६ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको छ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये जेठ महिनामा नेपाल लाइफको सरेण्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको छ । नेपाल लाइफको २ हजार २ सय ९ वटा पोलिसी बराबर ३५ करोड ९७ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २९ दशमलव ५९ प्रतिशत हिस्सा हो ।

Prabhu
Crest

त्यस्तै, एलआइसी नेपालको ३ हजार ४६३ वटा बीमा पोलिसी वापत ३५ करोड ४९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २९ दशमलव २० प्रतिशत हिस्सा रहेको छ ।

चालु आर्थिक वर्षको जेठ महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको १ हजार ४०८ वटा बीमा पोलिसी वापत ११ करोड ३० लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ९ दशमलव ३० प्रतिशत हिस्सा हो । नेशनल लाइफको ६३६ वटा पोलिसी वापत ७ करोड ६३ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ६ दशमलव २८ प्रतिशत हिस्सा हो ।

सूर्यज्योति लाइफको ५९८ वटा पोलिसी वापत ६ करोड ९७ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ५ दशमलव ७३ प्रतिशत हिस्सा छ । एशियन लाइफको ७७६ वटा बीमा पोलिसी वापत ५ करोड ७३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।

त्यसैगरी हिमालयन लाइफको ५६८ वटा बीमा पोलिसी वापत ५ करोड २८ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । मेट लाइफको ३९२ वटा बीमा पोलिसी वापत ४ करोड २४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । प्रभु महालक्ष्मी लाइफको १८१ वटा बीमा पोलिसी वापत ३ करोड ४२ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । सानिमा रिलायन्स लाइफको १२० वटा पोलिसी वापत १ करोड ६३ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

आइएमई लाइफको १४७ वटा बीमा पोलिसी वापत १ करोड ३२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सिटिजन लाइफको २४६ वटा बीमा पोलिसी वापत १ करोड २३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । रिलायबल नेपाल लाइफको १३४ वटा बीमा पोलिसी वापत ९१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको ५७ वटा बीमा पोलिसी वापत ४४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS