Connect IPS
IME Life

बुद्ध एयरको एटिआर ४२ को म्याद गुज्रिंदै, अब के होला भरतपुर विमानस्थलको भविष्य ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री र गृहमन्त्रीलाई रिझाउनका लागि श्री एयरलाइन्सले भरतपुर विमानस्थलमा क्यु ४००-ड्यास एट जहाजमार्फत् ‍परिक्षण उडान (प्रुभिङ फ्लाइट) गर्यो । प्रतिस्पर्धि बुद्ध एयरले सानो जहाजमार्फत् नियमित उडान गर्दै आएको यो विमानस्थलमा श्री एयरले जोखिम मोल्दै ठूलो जहाज उतारेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको मापदण्ड अनुसार एटिआर ७२, ड्यास एट वा सो सरहको विमान सञ्चालनका लागि १ हजार ७ सय मिटर(१.७ किमी) लामो धावन मार्ग चाहिन्छ। ६२ बिघा क्षेत्रफलमा फैलिएको यो विमानस्थलको धावन मार्गको लम्बाई जम्मा १ हजार २ सय मिटर अर्थात् १.२ किलोमिटर र चाैडाई ३० मिटर छ। आसपासको भवन संरचनाले धावनमार्गको जम्मा ९ सय मिटर मात्र उपयोग हुन सकेको छ। यसले गर्दा विमानले सहज उडान र अवतरण गर्न कठिन भएको छ, क्षमता अनुसार यात्रु बोक्न सकेका छैनन् ।

Prabhu
Crest

राजनीतिक नेतृत्व र नागरिक उड्ययन प्राधिकरणको दबाब र प्रभावमा श्री एयरले जहाजको प्रुभिङ फ्लाइट गरेपनि धावन मार्ग र आसपासको संरचनाका कारण यो विमानस्थल ठूलो जहाजबाट नियमित उडान र अवतरणका लागि जोखिमपूर्ण रहेको हवाई प्राविधिकको भनाई छ। श्री एयरको विमानको सिट क्षमता ८० छ, तर यसले काठमाडौंबाट जाने क्रममा ६० जना र भरतपुरबाट फर्किने क्रममा ५० जनाभन्दा बढी यात्रु बोक्न प्राविधिक कारणले संभव हुँदैन ।

श्री एयरको विमानलाई गृहमन्त्री रवि लामिछाने र नगर प्रमुख रेणु दाहालले स्वागत गर्नुका पछाडी विमानस्थलसँग जोडिएको चितवनवासीको भावना हो । यो विमानस्थललाई बिस्तार गरेर ठूलो विमानबाट उडान भर्ने पूर्वाधार जिल्लामा बनोस् भन्ने चितवनवासीको आकांक्षा छ। तर धावन मार्गको लम्बाई र विमानस्थलको भौगोलिक अवस्थितिका कारण यो विमानस्थलबाट ठूलो विमानबाट नियमित र सहजरूपमा प्राविधिकरूपमा चुनौतीपूर्ण रहेको छ।

भरतपुर विमानस्थलको भाैगोलिक अवस्थिति

प्राविधिकहरूका अनुसार भरतपुर विमानस्थल उडान सुरक्षाका हिसाबले लुक्ला विमानस्थल जस्तै हो । यो विमानस्थलाई तराइको लुक्ला विमानस्थलका रूपमा पनि चिनिन्छ। हावाको बेग वा अन्य कुनै प्राविधिक कारणले जहाज थोरै पनि धावन मार्गमा मिस एप्रोच गर्यो भने विमान अवतरण हुन नसकिन दुर्घटनामा पर्न सक्ने उच्च जोखिम हुन्छ।

बुद्धले उडान भर्दै आएको एटिआर ४२ मोडल जस्ता साना जहाजसम्म भरतपुर विमानस्थलका लागि उपयुक्त मानिए पनि एटिआर ७२ वा ड्यास फो एटि जस्ता विमान अनुपयुक्त हुने भन्दै उड्ययन क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

विमान अवतरण गर्दा चालकले सुरक्षित अवतरणका लागि स्टेब्लाइज रनवे एप्रोच मार्फत् धावन मार्गभित्र सुरक्षितरूपमा विमान गुडाउँदै अवतरणको प्रयास गर्छन् । यसो गर्दा धावन मार्गको पुरै लम्बाई विमान अवतरणका क्रममा उपयोग हुँदैन, शुरूवाती बिन्दु (टच प्वाइन्ट) को केही मिटर पर पुगेर मात्र विमानले धावन मार्गलाई छुँदै गुड्छ । यसरी अवतरण गर्दा धावन मार्गमा टेक्नुपर्ने दूरी केही मिटर मात्र पनि चुक भयो भने विमानको वेगका कारण विमान धावन मार्गको अन्तिम बिन्दुभन्दा बाहिर पुगेर अनियन्त्रित भई दुर्घटनाको संभावना हुन्छ ।

नेपाली सेनाको घोडा प्रजनन् केन्द्रको जग्गामा समेत धावन मार्ग बिस्तारको काम पुरा भयो भने यो विमानस्थलको धावन मार्गको जम्मा लम्बाई १ हजार ६५० मिटर(१.६५ किमी) पुग्नेछ।

आयू सकिने संघारमा बुद्धको तीनवटै विमानः

बुद्ध एयरको तीनवटै एटिआर ४२ विमानको आयू सकिने संघारमा रहेको छ। तीनवटामध्ये उत्पादन श्रृंखला नम्बर ३८८ भएको विमानको आयू २९ वर्ष ४ महिना पुरा भई सकेको छ । उडान घण्टाका हिसाबले उत्पादकले निर्धारण गरेको यो जहाजको आयू संघारमा पुगि सकेकाे छ। यसैगरी बाँकी दुई एटिआर ४२ को पनि आयू  २८ वर्ष नाघि सकेको छ। तीनवटै विमान संभवतः सन् २०२४ भित्रै उडान अयोग्य हुनेछन् । साना जहाजको आयू सकिए पछि भरतपुर विमानस्थलबाट उडान र अवतरण गर्न सहज हुनेछैन।

बुद्ध एयरसँग रहेको एटिआर ४२ जहाजको विवरण । श्रोतः बुद्ध एयर

अहिलेको अवस्थामा विमानस्थलको धावन मार्ग छोटो छ, सेनाको ब्यारेक हटाएर बिस्तारै गर्ने हो भनेपनि तीन चार सय मिटरभन्दा बढ्दैन, एकजना अनुभवी प्राविधिकले भने, यहाँ समस्या धावन मार्गको मात्र होइन, अरू थुप्रै समस्या छन् । उनका अनुसार धावन मार्गको दुइतर्फ सडक, एक तर्फ सेनाको ब्यारेक र अर्कोतर्फ आवासीय भवनहरू छन् ।

यो बाहेक चाैधरी ग्रुपको सिजि ल्याण्डमार्क (होटल भिभान्ता) को अग्लो संरचना पनि ठूलो जहाज उडान र अवतरणका लागि चुनाैतीका रूपमा रहेको छ । चाैधरी समूहले होटलको माथिल्ला दुई तल्लाको नक्सा स्वीकृत नै नगराई संरचना निर्माण गरेको छ।

भरतपुर विमानस्थलको राजनीतिः

भरतपुर विमानस्थल ६ दशकभन्दा पनि पुरानो विमानस्थल हो । यसको स्तरोन्नतीको लागि शुरूवातदेखि नै आवाज उठ्दै आएपनि भौगोलिक र प्राविधिक कारणले यसको स्तरोन्नती हुन सकेको छैन ।

विमानस्थलको धावनमार्ग बिस्तार र ठूला जहाज उडान तथा अवतरण हुने संभावना नभएपनि जन दबाब र राजनीतिक प्रभावका कारण नागरिक उड्ययन प्राधिकरणले विमानस्थलमा १ अर्ब ९२ करोड रूपैयाँमा टर्मिनल भवन निर्माण कार्य भइरहेको छ।

निर्माणाधीन टर्मिनल भवन

यसैगरी धावनमार्गसँग जोडिएको नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण, धावन मार्ग बिस्तार लगायतमा थप दुई अर्ब ५० करोड रूपैयाँ भन्दा बढी खर्च गर्ने योजना छ। उड्ययन प्राधिकरणले सन् २०२५ को शुरूवातसम्ममा बिस्तार कार्यका लागि ठेक्का लगाई सकिने जानकारी दिएको छ। सञ्चालनमा रहेको विमानको उडान आयू सकिने तर त्यो अवधिभित्र धावन मार्ग बिस्तार भई नसक्ने हुँदा केही वर्ष भरतपुर विमानस्थल पुनः गाैचरमा परिणत हुन सक्ने जोखिम छ ।

भरतपुर विमानस्थलको धावनमार्ग बिस्तारको प्रस्तावित योजना। श्रोतः नागरिक उड्ययन प्राधिकरण

बुद्ध एयरको साना जहाजको म्याद गुज्रियो र तत्कालै अवस्थामा ठूलो जहाजले उडान सेवा दिन सकेन भने ठूलो आलोचना खेप्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै राजनीतिक नेतृत्वले उड्ययन प्राधिकरणमार्फत् विमानस्थल स्तरोन्नतीको काम शुरू गरि हालेको हो । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

75%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS