IME Life New

बीमा अभिकर्ताका लागि अष्ट्रेलियाको ‘भिजिट भिषा’ हात पार्ने आज अन्तिम अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज सन् २०२५ को अन्तिम दिन । सन् २०२५ मा आजको मितिसम्ममा अभिकर्ताले गर्ने व्यवसायको आधारमा सन् २०२६ का लागि मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) का लागि योग्यता ठहरिनेछन्।

इस्वी सम्वतको जनवरी देखि डिसेम्बरसम्म १२ महिनाको अवधिको बीमा व्यवसायको आधारमा योग्य ठहरिने व्यवस्था छ। पात्रो फेरिन जम्मा १ दिन बाँकी भएकाले व्यवसायीक लक्ष्यको नजिक रहेका अभिकर्तालाई बीमकको शाखा प्रबन्धकदेखि उच्च व्यवस्थापनले समेत हाैंस्याइरहेका छन् । चालू आर्थिक वर्ष २०८२।८३ को पहिलो अर्द्ध वार्षिक अर्थात् पौष मसान्तको लक्ष्य भेट्नुपर्ने समय भएकाले पनि बीमा कम्पनीहरुका लागि एमडीआरटी योग्य अभिकर्ताको बढ्दो संख्याले राहत दिन्छ।

Esewa
Crest

के हो एमडिआरटी ?

मिलियन डलर राउण्ड टेबल वित्तीय सल्लाहकार र अझै बीमा अभिकर्ताको अन्तर्राष्ट्रिय स‌ंस्था हो । यो स‌ंस्थाले आफ्नो सदस्यता वितरणका लागि प्रत्येक वर्ष मुलुक पिच्छेका अभिकर्ताका लागि फरक फरक व्यवसायीक लक्ष्य निर्धारण गर्छ। तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्ताले सदस्यता शुल्क भुक्तानी गरेर एक वर्षका लागि सदस्यता हात पार्न सक्छन् । सदस्यता नविकरणका लागि पुनः व्यवसायीक लक्ष्य पुरा गरेर योग्यता हासिल गर्नुपर्छ। पुनः सदस्यता शुल्क भुक्तानी गर्नुपर्छ।

के हो योग्यताको मापदण्ड ?

एमडिआरटी अन्तर्गत तीन तहको योग्यता क्रम निर्धारण गरिएको हुन्छ। पहिलो एमडिआरटी, दोश्रो कोर्ट अफ द टेबल (सीओटी) र तेश्रो टप अफ द टेबल (टिओटी)। प्रत्येक तहका लागि कुल बीमाशुल्क आम्दानी, कमिशन आम्दानी र पारिश्रमिक आम्दानीको आधारमा फरक फरक लक्ष्य तय गरिएको हुन्छ।

कति लाग्छ खर्च ?

अष्ट्रेलियाको सिडनीमा अगष्ट २३ देखि २६ सम्म एमडिआरटी विश्व सम्मेलन हुँदैछ। यसका लागि अभिकर्ताले निजी खर्चमा व्यहोर्नुपर्ने शुल्क र अन्य खर्च यहाँ दिइएको छः

सदस्यता शुल्कः

  • एमडीआरटी: $600 USD(रू ८६,२५७)
  • सीओटी: $650 USD(रू ९३,४४६)
  • टीओटी: ~$1,150 USD(रू १,६५,३२७)

सम्मेलन सहभागिता शुल्कः 

  • $1,295 USD(रू १८६,१७३)

भिसा आवेदन शुल्कः

  • $200 USD(रू २८,७५२)

हवाइ टिकट शुल्कः

  • कम्तीमा रू १,१५,०००

होटल बास खर्चः

  • अनुमानित रू. ५०,०००

के पाइन्छ ?

निजी खर्चमा विदेश भ्रमणको अवसरसँगै अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताको अवसर एमडिआरटीको आकर्षक पक्ष हो। यसले अभिकर्ताहरुलाई अन्तर्राष्ट्रियरुपमा सम्बन्ध स्थापित गर्न सघाउनुका साथै सफल वित्तीय सल्लाहकारहरुको अनुभव सुन्ने अवसर पनि दिलाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS