काठमाडौं । बैंकिङ प्रणालीमा तरलता वृद्धि भएसँगै सीडी रेसियो घट्दो क्रममा रहेको छ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको सीडी रेसियो ७४% भन्दा तल आएको छ। पछिल्लो सीडी रेसियो ७३.९५% रहेको छ।
लामो समयदेखि सीडी रेसियो ७४% भन्दा माथि रहे पनि कर्जा प्रवाहको तुलनामा निक्षेप वृद्धि आक्रमक हुँदा सीडी रेसियो अन्ततः ७४% भन्दा मुनि आएको हो।
केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुमा ७६ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ५६ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। बैंकहरुको अन्तरबैंक ब्याजदर २.७५% रहेको छ।



















