Connect IPS
IME Life

पोखरामा रिमोट सिष्टमबाट चल्ने दोस्रो ठूलो इन्धन डिपोको शिलान्यास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले आज मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह निर्माणको औपचारिक सुरुवात गरेको छ । रिमोष्ट सिष्टमबाट चल्ने अत्याधुनिक इन्धन डिपो गण्डकी प्रदेशको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० गगनगौडामा निर्माण सुरु गरिएको हो ।

उक्त नयाँ डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने निगमले विश्वास लिएको जनाएको छ । हरेक प्रदेशमा ९० दिनकालागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाको रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि सुरु भएको हो । बिस२०५८ सालपछि निगमको आफ्नै लागानीमा पहिलो कामको रुपमा यो योजना अघि बढेको छ ।

Prabhu
Crest

गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो क्रममा छ । प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ । एक दिनमा यस प्रदेशमा तीन लाख ३ लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर पेट्रोल बिक्री भईरहेको छ ।
यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ । प्रदेशभरको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कुनै कारणले अबरोध भए प्रदेशमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिनमात्रै धान्न सक्छ । निगमले आज शिलान्यास गरेको नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजेलको भण्डारण ३० दिनलाई पुग्ने हुनेछ भने दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण १२ दिनको माग धान्न पुग्नेछ ।

एशियाली विकास बैंकको सहयोगमा २०५८ सालमा बनेयता स्तरोन्नती हुन नसकेको यस डिपो अब भने अमलेखगन्ज पछिको नेपालकै दोस्रो ठूलो पेट्रोेलियम भण्डारण गृह बन्ने छ । चितवनको लोथरमा बन्ने ठूलो ब्लक भण्डारण गृहको सप्लाई चेनको रुपमा निगमले यस गगनगौडा डिपोलाई लिएको छ ।

नयाँ भण्डारण गृह कस्तो हुन्छ ?
हाल डिपो रहेको कुल ७७ रोपनी जमिनलाई नै व्यवस्थापन गरेर निगमले नयाँ भण्डारण गृह निर्माण अघि बढाएको हो । नयाँ भण्डारण गृह निर्माणका लागि दुई अर्ब खर्च गरेर जग्गा खरिद गर्न सुरु भईसकेको अवस्थामा उक्त कार्य रोकेर निगमले यो परियोजना अघि बढाएको हो । पुरानै जमिनमा ३० दिनलाई पुग्ने भण्डार गृह बनाउने निर्णय सार्थक हुँदा निगमको अतिरिक्त दुई अर्व रूपैयाँ जोगिएको निगमको ठम्याइ छ ।
अहिलेको डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । यो भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुनेछ । दुईवर्ष भित्रै निर्माण सम्पन्न हुने परियोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्यांकस जेभीले पाएका छन् ।

परियोजना अन्र्तगत हालको डिपो हातामा ५ लाख लिटर क्षमताका दुई वटा ठूला डिजेल भण्डारण ट्यांक बन्नेछ । एक नयाँ पहुँच सडक, २ लाख लिटर क्षमताको पानी भण्डारण ट्यांक, डिपोकोे चमेना गृह,चालक तथा सुरक्षाकर्मी बस्नका लागि पनि नयाँ संरचना निर्माण गरिने छ । इन्धन भण्डारण ट्यांक र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटिक हुनेछन् ।

डिजेल लोड तथा अनलोड सुविधापूर्ण रुपमा स्वचालित र हाईटेक सुरक्षा प्रविधिमा आधारित हुनेछन् । डिपोको भण्डारण क्षेत्रमा अग्नि सुरक्षाकालागि विशेष प्रविधि र सावधानीको कार्य पनि यहि परियोजनाकै सिलसिलामा हुनेछ । नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याकंरले दैनिक डिजेल अनलोड गर्न सक्ने छन् । ट्यांकर अनलोडका लागि प्रतिघण्टा १२० किलोलिटर क्षमताका पाँच वटा पम्प जडान गरिनेछ । ४ वटा नयाँ बे पनि संचालनमा हुनेछ ।

भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागी लगायतको दुर्घटना पहिचान गर्न विशेष प्रविधि डिपोमा जडान हुनेछ । आपत्कालिन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकीकृत रिमोट कन्ट्रोल प्रविधि डिपोमा हुनेछ । कुनै पनि कारणबाट डिपोमा आगो लागेको खण्डमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा हुनेछ । ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण त्यसका लागि प्रयोग हुनेछ ।

नेपाल आयल निगमको सबैभन्दा ठूलो डिपो बारा जिल्लाको अमलेखगन्जमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS