IME Life New

एनआईसी एशिया बैंकद्धारा दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।

बैंकको गोपीगन्ज शाखा कार्यालयमा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि बैंकले उनको परिवारलाई उक्त बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । बैंकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरेको हो ।

Esewa
Crest

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँसँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS