IME Life New

कोरोना बीमाको सम्पूर्ण दावी भुक्तानी गर्ने बीमक संघको प्रष्टिकरण, बक्यौता ६० करोड पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमा पोलिसी बिक्री गरेबापत सिर्जना भएको करिब ६० करोड दावी भुक्तानी अल्झाएर राखेका बीमा कम्पनीहरुले बीमक संघमार्फत दावी भुक्तानीको लागि कटिबद्ध भएको भन्दै बक्तव्य निकालेका छन् । आज कान्तिपुरमा बिज्ञप्ति प्रकाशन गरी नेपाल बीमक संघले कोरोना बीमाको दावी भुक्तानी गर्न कटिबद्ध रहेको जनाएको छ ।

बीमा पुलका अनुसार कोरोना बीमाको दावी भुक्तानी ६० करोड पुगेको छ । आधिकारिक तथ्याङ्क नआएपनि अनौपचारिक रुपमा प्राप्त विवरणमा ६० नाघेको जनाइएको छ । गत साता कोरोना बीमाको दावी भुक्तानी बक्यौता ५१ करोड ८८ लाख थियो । झन्झटिलो प्रक्रियाको कारण दावी भुक्तानी रोकिँदा करिब छ हजार जनाले कोरोना बीमाको दावी भुक्तानी पाएका छैनन् ।

Esewa
Crest

बीमक संघले कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई भएको स्वीकार गरेको छ । संघले कोभिड भाइरस संक्रमण फैलिएर कतिपय बीमा कम्पनी तथा बीमा समिति समेतको कार्यालय सुचारु हुन नसकेको अवस्थाका कारण कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई भएको दावी गरेको छ । संघले कोरोना बीमाको सबै दावी भुक्तानी हुने जनाएको छ । संघले बिज्ञप्तिमार्फत भाद्र २८ गतेसम्म जारी भएका बीमा पोलिसीको कोरोना पोजेटिभ हुने वित्तिकै एक लााख रुपैयाँ पाइने प्रष्ट पारेको छ । भाद्र २८ गतेपछि जारी गरिएको बीमा पोलिसी अनुसार बीमितलाई कोरोना भाइरस पुष्टि भएमा २५ हजार र थप उपचार गर्नुपर्ने अवस्थामा ७५ हजार रुपैयाँ अस्पतालको बिल अनुसारको भुक्तानी हुने प्रष्ट पारेको छ । संघले कोरोना बीमाको दावी भुक्तानीमा आउनसक्ने नैतिक जोखिम न्यूनिकरणको उपाय अवलम्वन गर्ने प्रयासका कारण केही ढिलाई भएको दावी गरेको छ ।

संघले बिज्ञप्तिमार्फत कोभिड पोलिसी खरिद गरी कोरोना भाइरसबाट संक्रमित पुष्टि भएकाहरुले ७ प्रकारका कागजात पेश गर्न आह्वान गरेको छ । नेपाल बीमक संघले आज जारी गरेको सूचनामा कोरोना बीमाको दावी भुक्तानीको लागि निम्न कागजात पेश गर्न भनेको छ ।

१) बीमालेखको प्रतिलिपि,
२) पूर्ण रुपमा भरिएको दावी फारम,
३) कोरोना भाइरस संक्रमण पुष्टि हुने पिसिआर परिक्षण सक्कल प्रति
४) होम आईसोलेशनमा बसेको अवस्थामा स्थानीय निकायबाट होम आईसोलेशनमा बसेको बारे प्रमाणित पत्र
५) अस्पताल वा आईसोलेशन केन्द्रमा भर्ना भएको अवस्थामा डिस्चार्ज सिट
६) संक्रमित बीमितको परिचय खुल्ने आधिकारिक पत्र (नागरिकताको प्रमाण पत्र, नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्र)
७) अस्पताल भर्ना भई उपचार गर्नु परको अवस्थामा उपचारको बिलहरु (२०७७ भाद्र २८ गते पछि जारी बीमालेखको हकमा मात्र)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS