काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यही असोज २१ गते देखि प्रति कित्ता एक सयको दरले ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।
उक्त ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। अब सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

आवेदन दिने समय :
आईपीओ असोज २१ गते देखि असोज २५ गते सम्म खुल्ने छ । असोज २५ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असोज २५ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा कार्तिक ६ गते सम्म समय थपिने छ । तर विगतको माहोल हेर्दा असोज २५ गते नै आईपीओ बन्द हुने छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम १००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

प्रधान कार्यालय :
यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय काठमाण्डौ जिल्ला का.म.न.पा. वडा.नं १ मा रहेको छ ।
कम्पनीको ईतिहास :
यो कम्पनी, कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आषाढ ७ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । बीमा ऐन, २०४९ तथा बीमा नियमावली, २०४९ अनुसार मिति २०७४ माघ २४ गते बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति प्राप्त गरी मिति २०७५ साल आषाढ २७ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीको शाखा संजाल :
कम्पनीले देशभर १९ कार्यालयबाट कारोवार गर्दै आएको छ।
पुँजीको अवस्था :
अधिकृत पुँजी : १ अर्ब ५० करोड
जारी पुँजी : १ अर्ब
चुक्ता पुँजी : ७० करोड ( आईपीओ अघि )
चुक्ता पुँजी : १ अर्ब ( आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको र ३० करोड बराबरको साधारणशेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

संस्थापक शेयरधनीको बारेमा जानकारी :

संचालकको जानकारी :
सानिमा जनकरल इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा खेमराज लामिछाने छन् । त्यस्तै संचालक समिति सदस्यमा डा हेमन्त कुमार दवाडी, सोनाम ग्यात्सो , दिलीप श्रेष्ठ र दामोदर प्रसाद आचार्य छन्।

व्यवस्थापन समितिको बारेमा जानकारी :
सानिमा जनकरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा सुधुम्न प्रसाद उपाध्याय कार्यरत छन्।

वित्तीय विवरण :
सानिमा जनकरल इन्स्योरेन्सको आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ० रुपैयाँ ७४ पैसा रहेको थियो भने किताबी मूल्य १०३ रुपैयाँ ७३ पैसा थियो ।
त्यस्तै आर्थिक वर्ष ७६/७७को लेखा परिक्षण हुन बाँकी तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ६६ पैसा र किताबी मूल्य १०६ रुपैयाँ ३९ पैसा छ ।
आर्थिक वर्ष ७७/७८ मा भने प्रति शेयर आम्दानी ४ रुपैयाँ ५४ पैसा र किताबी मूल्य १०९ रुपैयाँ ०१ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ र प्रक्षेपित तथ्याङ्कलाई नै आधार मान्दा कम्पनीको आर्थिक वर्ष ७८/७९मा प्रति शेयर आम्दानी ०७ रुपैयाँ ८४ पैसा रहेको छ भने किताबी मूल्य ११६ रुपैँया ८५ पैसा रहेको छ र आर्थिक वर्ष ७९/८०मा प्रति शेयर आम्दानी १५ रुपैयाँ ८२ पैसा रहेको छ भने किताबी मूल्य १३२ रुपैँया ६७ पैसा रहेको छ।

पूँजीको रणनीति :
आईपीओ पश्चात सानिमा जनरल इन्स्योरेन्सको पुँजी १ अर्ब हुने छ तर कम्पनीले प्रक्षेपण गरेको विवरणमा कम्पनीले आर्थिक वर्ष ७९/८० सम्म पुँजी वृद्धिको लक्ष्य राखेको छैन।

क्रेडिट रेटिङ्ग:
यस विवरणपत्र अनुसार सार्वजनिक रुपमा निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको ब्यबस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ नेपाल लि., कमलादी, काठमाण्डौबाट क्रेडिट रेटिङ्ग गराई मिति २०७६-१२-२६ गते “[CARE-NP BB+ (Is)” प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको (Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने जनाउँदछ जसले कम्पनीको आधार औसत भन्दा राम्रो रहेको जनाउँदछ । सो ग्रेडिङ्गको बैद्यता अबधि एक बर्ष रहने छ । केयर रेट्रिङ नेपाल लि.ले CARE-NP AAA (IS) देखि CARE-NP D (IS) प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड CARE-NP AAA (IS)ले बलियो आधार जनाउँदछ भने ग्रेड CARE-NP D (IS) ले कमजोर आधारहरु जनाउँछ । “CARE-NP BBB(IS) देखि CARE-NP BB (IS)ले औसत
आधारहरु जनाउँदछ । ग्रेड CARE-NP B (IS), CARE-NP C (IS), CARE-NP D (IS) ले औषत भन्दा कम आधारहरु जनाउदछ । दिईने आधारहरुमा प्रयोग गरिने (Plus) चिन्हले दिईएको समूहको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

कति लगानीकर्तालाई दश कित्ता शेयर पर्ला ?
धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार २ लाख ७३ हजार जना लागानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस अघिको जनरल इन्स्योरेन्सको आईपीओमा ८ लाख माथि आवेदन परेको थियो। यसै तथ्यांकलाई आधार मान्दा धेरै लगानीकर्ताको हात खाली हुने सम्भावना देखिन्छ।

















