IME Life New

नेको इन्स्योरेन्सको १० लाख ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । संस्थापक शेयर लगानीकर्ता मध्येबाट कसैले पनि उक्त शेयर खरिद नगरे पछि ठूला कम्पनी, सर्वसाधारणले समेत न्यूनतम ५००० कित्तामा लगानी गर्न सकिने गरी लिलाम बिक्रीमा राखिएको हो ।

न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकेर नेको इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा राखिएको बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ । यही असोज २० गते खुला हुने लिलाममा कार्तिक ४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । लिलाम गरिएको शेयर बढि मूल्य कबोल गर्नेले पाउनेछन् । संस्थागत शेयर खुला बजारमा सर्वसाधारण समुहको शेयर जसरी तत्कालै बिक्री गर्न भने पाइदैन । निश्चित विधि र प्रक्रिया पूरा गरेर बढीमा दुई महिनाभित्रमा बिक्री गर्न सकिन्छ ।

Esewa
Crest

नेको इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८१९ रुपैयाँ रहेको छ । सर्वसाधारणको शेयरको तुलनामा संस्थापक शेयरको मूल्य केही सस्तो हुने गर्दछ । नेको इन्स्योरेन्सको शेयर बिक्रीकर्ताले कम्तीमा ३३ करोड रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS