IME Life New

शिखर इन्स्योरेन्स सञ्चालक समितिको निर्णय नै त्रुटीपूर्ण, २०७३ सालमै अन्तिम पटक अनुमति लिएर पुनः नियुक्तीको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालक समितिले त्रुटीपूर्ण निर्णय गर्दै सिईओ पदमा दीप प्रकाश पाण्डेलाई पुनः नियुक्ती गर्न सिफारिस गरेको खुलासा भएको छ । शिखर इन्स्योरेन्सको गत बिहिवार बसेको सञ्चालक समितिको बैठकले यसअघि नै अन्तिम पटक बीमा समितिबाट स्वीकृत पाएको सिईओलाई पुनः नियुक्तीका लागि बीमा समिति समक्ष सिफारिस गरेको खुलेको छ । यसअघि नै अन्तिम कार्यकालका लागि भनेर सिईओ नियुक्ती गर्न अनुमति दिएको बीमा समितिले कानुन, नैतिकता र सार्वजनिक निकायको सिईओमा बढिमा दुई कार्यकाल भन्दा बढि नदोहोर्याउने भन्ने नेपाल सरकारको स्पष्ट नीतिका कारण दीप प्रकाश पाण्डेले बीमा समितिबाट सिईओ नियुक्तीका लागि अनुमति पाउने सम्भावना छैन ।

शिखर इन्स्योरेन्सका एक जना सञ्चालकले दिएको जानकारी अनुसार वर्तमान सिईओ दीप प्रकाश पाण्डेलाई बीमा समितिले २०७३ सालमा सिईओ नियुक्त गर्दा ‘अन्तिम कार्यकालका लागि’ भन्ने स्पष्ट वाक्य सहित बीमा समितिबाट नियुक्ती पाएको र पुनः नियुक्त गर्दा बीमा समितिबाट स्वीकृत नहुने विषय उठेको थियो । तर, शिखर इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बलपूर्वक सिईओमा पाण्डेलाई नै पुनः नियुक्त गर्ने निर्णय गराएको जानकारी दिएका छन् ।

Esewa
Crest

शिखर इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ, सञ्चालकहरु रमेश कुमार लुईटेल, स्कन्द अमात्य, दिनेशबज्र बज्राचार्य, सौरभ जंग बहादुर राणा, स्रुजना श्रेष्ठ तथा स्वतन्त्र सञ्चालक सिद्धिमान सिंह बस्न्यात छन् । साथै कम्पनी सचिवको रुपमा चार्टर्ड एकाउन्टेन्ट सुरज राजबाहक रहेका छन् । सञ्चालक समितिको निर्देशन अनुसार राजबाहकले बीमा समितिलाई  पत्र लेखेका छन् ।  २०७३ सालमा बीमा समितिबाट यसअघि नियुक्ती हुँदा प्राप्त पत्रको बर्खिलाप हुने गरी शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले निर्णय गरेको खुलेको छ । शिखर इन्स्योरेन्सको सञ्चालक समितिले त्रुटीपूर्ण निर्णय गरेको बारे जिज्ञाशा राख्दा कम्पनी सचिव सुरज राजबाहकले कुनै प्रतिक्रिया दिन मानेनन् ।

बीमा समितिले जारी गरेको संस्थागत सुशासन २०७५ मा सञ्चालकहरुले व्यक्तिगत लाभका लागि कुनै निर्णय गर्न नपाउने उल्लेख छ । तर, शिखर इन्स्योरेन्समा १६ वर्षदेखि एउटै व्यक्तिले सिईओको रुपमा चलाउँदै आएका छन् । अचम्मको कुरा के छ भने बीमा समितिको संस्थागत सुशासनमा बीमा कम्पनीका सञ्चालकहरुको दायित्व प्रचलित कानुनको पालना गर्ने गराउने भन्ने उल्लेख छ तर शिखर इन्स्योरेन्सका सञ्चालकहरुले प्रचलित कानुन विपरित हुने गरी २० औं वर्षसम्मका लागि सिईओ पदमा नियुक्त गर्ने विवादित र नेपालकै कालो इतिहासको साक्षी बस्ने निर्णयमा हस्ताक्षर गरेको पाइएको छ ।

सञ्चालकहरु मध्ये कसकसले हस्ताक्षर गरेका छन् भन्ने शिखर इन्स्योरेन्सले खु्लाउन चाहेको छैन । यद्यपि कर्तव्य र दायित्वबाट च्यूत भएको शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिलाई बीमा समितिले सचेत भने गराउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS