IME Life New

नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर बिक्री भएन, हकप्रद भर्ने प्रिमियर इन्स्योरेन्सको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई पटक लिलाममा राख्दा समेत नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर बिक्री नभएपछि प्रिमियर इन्स्योरेन्सले अब आफैसँग राखेर हकप्रद भर्ने भएको छ ।

कम्पनीले नागरिक लगानी कोषको शेयर दुई दुई पटक लिलाम गर्न सार्वजनिक सूचना प्रकाशन गर्दा समेत कसैले किन्न चासो नदेखाएको जनाएको छ । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न प्रतिकित्ता दुई हजार ३०० न्यूनतम मूल्य तोकेर सूचना प्रकाशित गरेको थियो । पछिल्लो पटक गत भदौं २८ गतेदेखि असोज ४ गतेसम्म उक्त लिलामीको शेयरमा आवेदन दिन सकिने गरी खुल्ला गरेको थियो ।

Esewa
Crest

बजारमा तीन हजार चार सयमा कारोबार भइरहेको नागरिक लगानी कोषको संस्थापक शेयर झण्डै एक हजार रुपैयाँ कम मूल्य राखेर लिलाम गर्दा समेत बिक्री नभएपछि आफैले राखेर अब हकप्रद भर्ने तयारी गरिएको प्रिमियर इन्स्योरेन्सका सूचना अधिकारी सहदेउ तिवारीले जानकारी दिए । नागरिक लगानी कोषले १००ः८२८४ रेसियोमा एक अर्ब ३५ करोड ९२ लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

बैंकहरुमा तरलता थुप्रिएको अवस्थामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै खरिद गर्न सक्ने नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर बिक्री नहुनुलाई आश्चर्यको रुपमा हेरिएको छ । साथै शेयर बजारप्रति संस्थागत लगानीकर्ताहरु समेत आशावादी नभएको देखिएको छ । हकप्रद शेयरका लागि प्रिमियर इन्स्योरेन्सले थप ५० लाख लगानी गर्नुपर्ने देखिएको छ भने हकप्रद शेयरमा आवेदन भरेपछि कम्पनीको कूल शेयर ९१ हजार ४२० कित्ता पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS