काठमाडौं । आज नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य थोरै वृद्धि भएर बन्द भएको छ । कम्पनीको आज ३३७३ वटा शेयर कारोवार हुँदा १ अर्ब ७९ करोड बराबरको शेयर कारोवार भएको छ । पुनर्बीमाको बजार मूल्य प्रति कित्ता ८५९ रुपैयाँमा बन्द भएको छ । कम्पनीको आज न्यून विन्दु ८३७ रहे पनि बजार बन्द हुँदा भने बजार मूल्य प्रति कित्ता ३ रुपैँया वृद्धि हुन सफल भएको छ ।
नेपाल पुनर्बीमाको शेयर मूल्यमा आज बिक्री गर्ने ब्रोकर नै आक्रामक भएको देखिन्छ । ब्रोकर नम्बर ६ बाट सर्वाधिक १ करोड ३६ लाख बराबरको शेयर खरिद भएकोमा ब्रोकर नम्बर ४४ बाट २ करोड ६६ लाख बराबरको बिक्री भएको छ।
त्यस्तै आज नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोवार गर्ने टप ५ ब्रोकरको तथ्यांक लिँदा बिक्री गर्ने ब्रोकरनै आक्रामक भएको देखिन्छ।