IME Life New

आईशोलेसन वार्डबाट कोरोना पीडितको गुनासो, ‘सरकारी अस्पतालकै रिपोर्ट पेश गर्दा दावी भुक्तानी पाईँन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि सरकारी अस्पतालकै रिपोर्ट समेत अमान्य गरिएको खुलासा भएको छ । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीमाथि कडाई गर्दा सरकारी अस्पतालकै ल्याबमा गरिएको परिक्षणमा पोजेटिभ आएका एक पीडितले कम्पनीबाट दावी भुक्तानी नपाएको गुनासो गरेकी छिन् ।

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका सहोड्वा निवासी ३० बर्षिया महिलाले आईसोलेशन कक्षबाट कोरोना बीमाको दावी भुक्तानी नपाएको गुनासो गरेकी छिन् । उनले नेपालको सरकारी अस्पतालमा कोरोना परिक्षण गराई चिकित्सकबाट कोरोना पोजेटिभ भएको लिखित रिपोर्ट बीमा कम्पनीमा बुझाउँदा समेत बीमा समितिको निर्देशन अनुसार दावी भुक्तानी हुन नसकेको जवाफ सम्बन्धीत कम्पनीले दिएको पीडितले गुनासो गरेकी छिन् ।

Esewa
Crest

शाह थरकी ति महिलाले प्रदेश नं २ अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गत साउन २६ गते स्वाब दिएकी थिईन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा प्यासेन्ट नं १८५७४ को आईडी स्याम्पल नं डिएच १०००२६ को स्वाब गत साउन २८ गते अपरान्ह १३ः२२ बजे दिएकी थिईन् । उनको स्वाबमा परिक्षण गरी डा. सन्तोष कुमार यादव, मेडिकल माईक्रोबायोलोजिष्ट, एनएचपिसी नं १२९ प्राप्त व्यक्तिले कोरोना पोजेटिभ रिपोर्ट जारी गरेका छन् ।

कोरोना पोजेटिभ आए लगत्तै उनलाई तत्कालै आईसोलेशनमा पुर्याइएको र आईसोलेशनभित्रैबाट बीमा दावी भुक्तानीको लागि पहल गरेको जनाएकी छिन् । तर, बीमा कम्पनीले प्रदेश सरकार मातहतको ल्याबको रिपोर्ट भन्दै सरकारी ल्याबको रिपोर्ट समेत अमान्य घोषणा गरेर बीमा दावी भुक्तानी नदिएको दावी गरेकी छिन् । सम्बन्धीत बीमा कम्पनीमा सम्पर्क गर्दा बीमा समितिको लिखित निर्देशन बमोजिम उक्त अस्पताल नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहत नपरेको र प्रदेश नं २ सरकार मातहत परेकोले प्रदेश सरकार मातहत सञ्चालित अस्पतालको रिपोर्ट कोरोना बीमा मापदण्ड २०७७ अनुसार मान्य हुन नसक्ने जवाफ दिएका छन् ।

प्रदेश नं २ अन्तर्गतको ल्याबको रिपोर्ट मात्रै नभई अन्य प्रदेश अन्तर्गतका ल्याबको रिपोटका आधारमा कोरोना बीमाको दावी भुक्तानी दिन समस्या रहेको बीमा कम्पनीका अधिकारीहरुको भनाई छ ।

बीमा समितिले भने कोरोना बीमा मापदण्डका कारण उत्पन्न समस्या हल गर्न कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेर मार्ग प्रशस्त गर्ने निर्णय गरेको छ । कार्यदलले छिट्टै उल्लेखित समस्या जस्तै अन्य निजि ल्याबका समस्याहरु समेत हल गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS