IME Life New

एक महिनामा झण्डै तीन अर्बको बीमा कारोबार, पहिलो बन्यो सगरमाथा इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले साउन महिनामा २ अर्ब ९२ करोड रुपैयाँ बीमाको कारोबार गरेका छन् । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार चालु आवको एक महिनामा कूल बीमा शुल्क आर्जन दुई अर्ब ९० करोड नाघेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन महिनामा सबैभन्दा धेरै कूल बीमाशुल्क आर्जन गर्ने कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले साउन महिनामा ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले साउन महिनामा २९ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले साउन महिनामा २३ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले २२ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १८ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १८ करोड रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले १२ करोड रुपैयाँ, नेशनलले १४ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १३ करोड रुपैयाँ, प्रुडेन्सियल इन्योरेन्सले १२ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ११ करोड रुपैयाँक कूल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, समितिको तथ्याङ्क अनुसार प्रभु इन्सयोरेनसले ११ करोड रुपैयाँ अजोड इन्स्योरेन्सले ११ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १० करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ५ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले ८ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ७ करोड रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सले ६ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले ४ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेका छन् ।

Source : Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS