Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको मुनाफा ६% ले बढ्यो, साढे तीन अर्बमाथिको बीमा कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जिवन बीमा कम्पनी मध्येको सबैभन्दा ठूलो कम्पनी शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आज प्रकाशन गरेको छ । वित्तीय विवरणमा कम्पनीको मुनाफा ६.३९ प्रतिशतले बृद्धि भएको देखिएको  छ भने बीमा कोष, महाविपत्ति कोष र जगेडा कोष समेत गरी झण्डै दुई अर्ब रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

कम्पनीले गत आवमा ६.३९ प्रतिशत मुनाफा बृद्धि गर्दै ४५ करोड १ लाख ८४ हजार ६४३ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ४२ करोड ३१ लाख ३६ हजार १५८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको कूल चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

शिखर इन्स्योरेन्स कम्पनीले खुद बीमा शुल्क एक अर्ब १८ करोड ५४ लाख ६८ हजार ५७१ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.८३ प्रतिशतले घटी हो । अघिल्लो वर्ष एक अर्ब २८ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउनपछि सर्वसाधारणहरु घरबाट बाहिर निस्कन नपाएपछि बीमा व्यवसाय सहित सबै क्षेत्र प्रभावित भएको थियो । कोरोनाको सामान्य असर शिखर इन्स्योरेन्समा देखिएको छ । यद्यपि कूल बीमा शुल्क आर्जन भने बृद्धि भएको छ । कम्पनीको कूल बीमा शुल्क आर्जन .०६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा तीन अर्ब ५१ करोड ९३ लाख ३९ हजार ५६३ रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेकोमा गत आवमा तीन अर्ब ५२ करोड १६ लाख ५० हजार ७८६ रुपैयाँ आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले यस वर्ष कूल साढे तीन अर्बभन्दा बढिको बीमा कारोबार गर्न सफल भएको छ ।

गत आवमा कम्पनीले दुई लाख ५९ हजार ५७४ वटा बीमालेख जारी गरेको छ । अघिल्लो वर्ष तीन लाख तीन हजार ५९१ वटा बीमालेख जारी गरेको थियो । त्यस्तै, कम्पनीले ६२ हजार २६५ वटा बीमालेख नविकरण गरेको छ । अघिल्लो वर्ष ६४ हजार ९७४ वटा बीमा पोलिसी नविरकण गरेको थियो ।

शिखर इन्स्योरेन्स कम्पनीले समीक्षा अवधीमा ८७ करोड ४७ लाख १५ हजार १०३ रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो वर्षको तुलनामा दावी भुक्तानी २२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष एक अर्ब १२ करोड ६९ लाख ५५ हजार ५३९ रुपैयाँ दावी भुक्तानी गरेको थियो । लकडाउनका कारण सवारी साधन र उद्योगहरु नचलेका कारण घट्ना नभएकोले बीमा कम्पनीको दावी भुक्तानी घटेको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी ४२.५८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २८८.०२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.९३ गुणा, प्रतिशेयर कूल सम्पत्ति मूल्य ४३९.८५ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS