IME Life

बढेन बाली बीमा

SPIL
NIC ASIA


सरकारले विगत छ बर्ष देखि कृषि बीमा सञ्चालन गरे पनि बाली बीमाको हिस्सा भने बढ्न सकेको छैन । बीमा समितिको तथ्यांक अनुसार गत आवमा कम्पनीहरुले गरेको कुल कृषि व्यवसायमध्ये बाली बिमाको हिस्सा जम्मा १६ प्रतिशत रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्ष २०७४/७५ मा १३ अर्ब २१ करोड रुपैयाँ बराबरको बाली तथा पशुपन्छी बीमा व्यवसाय गरेका छन् । जसमध्ये २ अर्ब ४५ करोड रुपैयाँ बराबरको बाली व्यवसाय भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरुले १ अर्ब ३३ करोड रुपैयाँ बराबरको बाली बीमा गरेका थिए।

Prabhu
Crest

कृषि बीमामा पशुपन्छी बीमाको हिस्सा भने अधिक रहेको छ । बाली बीमामा प्राविधिक कठिनाई हुने भएकाले यसको हिस्सा बढ्न नसकेको समितिका उप निर्देशक कुन्दन सापकोटाले बताए ।

कम्पनीहरुले गरेको कुल कृषि बीमा व्यवसायमध्ये पशुपन्छीको हिस्सा भने करिब ८५ प्रतिशत रहेको छ । गत आवमा कम्पनीहरुले ११ अर्ब १६ करोड रुपैयाँ बराबरको कृषि व्यवसाय गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले ७ अर्ब ९० करोड रुपैयाँ बराबरको पशुपन्छी बिमा गरेका थिए ।

नेपालमा सञ्चालित सबै निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा योजना जारी गर्दै आएका छन् । जसमध्ये कृषि बिमा व्यवसायमा एनएलजी इन्स्योरेन्स कम्पनी अग्रपंक्तीमा रहेको छ । कम्पनीले गत आवमा २ अर्ब ३७ करोड रुपैयाँ बराबरको कृषि बिमा व्यवसाय गरेको छ । गत बर्ष कम्पनी उत्कृष्ट कृषि बीमा गर्ने कम्पनीको रुपमा सम्मानित समेत भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS