Connect IPS
IME Life

राष्ट्र उत्थान लघुवित्तमार्फत बीमा रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणीको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । सो लघुवित्तमा वित्तीय कारोबार गर्दै आएकी यदुमाया दर्लामी पुडासैनीको मृत्यु पश्चात म्यादी बीमा रकम एक लाख ५० हजार रुपैयाँ परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिएको हो ।

गत साता एक कार्यक्रमका बीच सो रकम मृतका श्रीमान श्रीराम पुडासैनीलाई हस्तान्तरण गरिएको राष्ट्र उत्थान लघुवित्त कम्पनीका चार नम्वर एरिया सुपरिवेक्षक उत्तम कुमार कार्कीले जानकारी दिए । राष्ट्र उत्थान लघुवित्त हेटौडा शाखाका प्रमुख नवराज घिमिरेले बीमा गरिएकै कारण पीडित परिवारले राहत पाएको तथा लघु वित्त कम्पनीको जोखिम न्यूनिकरण भएको बताए ।

Prabhu
Crest

खेती किसानी पेशामा आबद्ध मकवानपुरको चौघडा निवासी यदुमाया दर्लामी पुडासैनीको गत मंसिर २७ गते क्यान्सर रोगका कारण मृत्यु भयो । राष्ट्र उत्थान लघुवित्त हेटौडा शाखा अन्तर्गत ०४२ नम्वरमा सदस्यता लिएर दर्लामी वित्तीय कारोवार गर्दै आएकी थिईन् । खेती किसानी गर्नकै लागि हेटौडामा रहेको राष्ट्र उत्थान लघुवित्तबाट डेढ लाख रुपैयाँ ऋण लिएर व्यवसाय गर्दै आएकोमा उनको निधनसँगै अब उक्त ऋण कसले तिर्ने भन्ने अर्को अन्योलता थपियो ।

लघुवित्त कम्पनीले रिलायबल लाईफ इन्स्योरेन्समार्फत लघुबीमा कार्यक्रम अन्तर्गत ऋणीको ऋण रकम बराबरको म्यादी बीमा गराएको थियो । एक लाख ५० हजार रुपैयाँ ऋण लिएकोमा ६० हजार तिर्न बाँकी छदै दर्लामीको क्यान्सरबाट मृत्यु भएकोमा उनका आश्रित परिवारलाई म्यादी बीमा रकमले राहत दिएकोछ । ऋण डुब्न नदिन लघु बीमा अन्तर्गतको म्यादी बीमा कार्यक्रम लागू गरिएकोले उनको आश्रित परिवारले ऋण तिरेर बाँकी रहेको रकम पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS