IME Life New

लकडाउन थप कडा बनाउने सरकारको निर्णय, हवाई उडान बैशाख १८ गतेसम्म स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नोभल कोरोना भाइरस विरुद्धमा गत चैत्र ११ गतेदेखि सिंगो देश लडकउान गर्दै आएको सरकारले जारी लकडाउन अझै कडा बनाउने निर्णय गरेको छ ।

आज बसेको रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिँडारीले बताए ।

Esewa
Crest

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा आज साँझ बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन अझै कडा बनाउने बैठकपछि जारी निर्णयको बुँदा नं ६ मा उल्लेख छ । साथै बैठकले अन्तर्राष्ट्रिय अडान बैशाख १८ गतेसम्म स्थगित गर्ने निर्णय समेत गरेको छ ।

उक्त बैठकमा अर्थ मन्त्री युवराज खतिवडा गृहमन्त्री राम बहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ,कृषिमन्त्री घनश्याम भूषाल ,उद्योग मन्त्री लेखराज भट्ट ,सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, मुख्य सचिव लोकदर्शन रेग्मी, गृहसचीव महेश्वर न्यौपाने, सदस्य सचिव नारायण विडारी, उपरथी प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

हेरौं छ बुँदे निर्णयः

१. लकडाउनका कारण प्रभावित १,१४,३१६ जनालाई राहत बितरन गरेको ३०,५०६ जनालाई क्वारेन्टाइनमा रहिरहेको, कानुन उल्लंघन गर्ने २६०० जनालाई करवाही पश्चात सचेत गरेर छाडिएको, मुलुक भरी २२३५ सवारी साधन लाइ कार्वाही गरेको र १९३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको

२.समान खरिद सम्बन्धमा नेपाल सरकारले विशेष परिस्थितिमा छोटो बिधिबाट खरिद गर्न सक्ने स्वास्थ बिभागको प्रक्रियागत तरिकाले र स्वास्थ मन्त्रालयले आवस्यक सामग्रीहरु नेपाली सेनाको मार्फत G to G तरिकाले खरिद गर्न सक्ने र बिदेश स्थित कुटनैतिक नियोगमार्फत समेत खरिद गर्न सक्ने

३.रास्ट्रिय योजना आयोगले कोरोना संक्रमणले जनजीवन र अर्थतन्त्रमा परेको असर बारे impact Study गर्ने ।

४.अन्तरास्ट्रिय उडान अप्रिल १५ सम्म स्थगित रहेको अवस्तमा अप्रिल ३० सम्म बिस्तार गरिएको र आन्तरिक उडानको विषयको बारेमा बिचाराधिनमा रहेको ।

५.बढी प्रभावित जिल्लहरु कैलाली कंचनपुरमा र बागलुङमा कोरोना सम्बन्धि च्म्त् बिधिबाट परिक्षन गर्ने र पोजिटिभ देखियमा RDT बिधि बाट बृस्तित परिक्षन गर्ने र अन्य बढी संक्रमण देखियको स्थान डोटि अछाम र जुम्लामा परिक्षण बढाउने ।

६.आवागमन लाइ कडाइ गर्दै आवश्यक खाध्य सामाग्रीहरुको ढुवानी र आपूर्तिलाइ नियमित राख्ने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS