IME Life New

सुरु भयो भुकुटीमण्डपमा चार दिने फर्निचर तथा फर्नि्सिङ एक्स्पो ‘फर्नेक्स’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्नि्सिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको
छ । जेम फ्लोरिगंको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्नि्सिङ संघको आयोजना सुरु भएको
एक्स्पोको एक कार्यक्रमका बिच नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले
उद्घाटन गरेका थिए ।
पाँच दिनसम्म चल्ने एक्स्पोमा नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत
प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक
क्लियरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्नि्सिङका सामानहरु विक्रि वितरण हुनेछ ।

Esewa
Crest

एक्स्पो उद्घघाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचर जन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे
पनि राज्यबाट सहयोग नपाएको तर्फ ध्यानाकर्षण गराएका थिए । नेपाल फर्निचर तथा फर्नि्सिगं
व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर
बनाउन स्वदेशमा खेर गईरहेको कच्चा पदार्थको सदुपयोग गर्न आफुहरुलाई बाटो खोलिदन आग्रह
गरेका थिए ।
एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्नि्सिङ संघका अध्यक्ष राजेशकुमार
अग्रवालले स्वदेशी उत्पादनको प्रयोग गर्न आम उपभोक्तालाई अपील गर्दै आफुहरु
अन्तर्रा्ष्ट्रियस्तरको उत्पाद तयार गर्न सक्ने बताए । राज्यको असहयोगकका कारण यो क्षेत्रको
अपेक्षित विकास हुन नसकेको उनको भनाई थियो ।
एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत
वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी
परामर्श समेत लिन पाइनेछ ।

फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिगं रहेको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल
डेकोर, यती फ्लोरिगं, ग्लेन र डिलाइट रहेका छन् । एक्स्पोको छैठौं संस्करण को व्यवस्थापक
इभेण्ट सोलुसन प्रा.लि.रहेको छ भने यो एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर
अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्नि्सिगं व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन्।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल
लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् । मेला असोज ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सयबढी फर्निचर र फर्नि्सिङ सामग्रीका स्टलमा फर्निचरजन्य उत्पादनको बृहत प्रदर्शनी हुने कार्यक्रमका आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS