IME Life

के हो ट्रेजरी बिल ?

SPIL
NIC ASIA

काठमाडौं । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नुपर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ ।

Prabhu
Crest

डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । बोलकबोलको माध्यम अनलाइन बिलिङ प्रणाली पनि हुन सक्छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउन्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । ट्रेजरी बिललाई जोखिमरहित लगानी पनि भनिन्छ । यो विशेष गरेर सरकारले केन्द्रीय बैंकमार्फत जारी गर्ने भएकाले कुनै जोखिम हुँदैन ।

ट्रेजरी बिल नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, सर्वसाधारण, संचयकोष, नागरिक लगानी कोष लगायतका गैर–बैंक वित्तीय संस्था, अन्य संगठित संस्थाले बोलकबोलमाध्यमबाट खरिद गर्न सक्नेछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याउनुपर्ने व्यवस्था छ ।

ट्रेजरी बिलमा आवेदन दिँदा न्यूनतम ५० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रूपैयाँले भाग जाने रकममात्र पाइन्छ । नेपाल राष्ट्र बैंकबाट नोट सरह मान्यता प्राप्त ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गर्ने गरिन्छ । बैंकहरुले खरिद गरेको ट्रेजरी बिल भुक्तानी मिति अगावै सोको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ ।
ट्रेजरी बिल खरिद गर्ने सर्वसाधारणले प्रमाणपत्र धितो राखी विभिन्न क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने सुविधा छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्रऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ ।

-स्रोतः नेपाल राष्ट्र बैंक

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS