IME Life New

राष्ट्रिय बीमा कम्पनी र मेगा बैंक बिच बैंकास्योरेन्स सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनि लिमिटेड र मेगा बैंक बिच आज औपचारिक रुपमा बैंकास्योरेन्स सहमति सम्पन्न भएको छ । बैकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठको कार्य कक्षमा सम्पन्न उक्त सहमतिमा बैकका तर्फबाट श्रेष्ठ र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझिले हस्ताक्षर गर्नु भएको छ ।

यस सम्झौता पश्चात बैंकले आफ्नो सम्पत्ती, ग्राहक तथा कर्मचारीहरुको दुर्घटना तथा स्वास्थ र लगानी गरिएको सम्पत्ति माथिको बिभिन्न प्रकारको बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सहजरुपमा गर्ने सक्ने छ । यस सम्झौता मार्फत बैकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा बाट सबै प्रकारका निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्ने लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् भने दाबी परेको समयमा सहज रुपमा दाबी भुक्तानी गर्ने प्रतिबद्धता बीमा कम्पनीले दोहर्याएको छ । यो सम्झौताले मेघा बैंकको “हलो देखी हाईड्रो” सबैलाई सुरक्षण प्रदान गर्ने छ, यसका अरिरिक्त कृषी, पशुघन र साना तथा मझौला ब्यबसायिलाई यो सेवा बढी प्रभावकारी हुनेछ । बैंक र बीमाको माध्यमबाट नै देशको अर्थ ब्यबस्थामा प्रभावकारी बिकास गर्न सकिने बिश्वास दुबै पक्षले लिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS