IME Life New

नयाँ वित्तीय संस्थाको रुपमा दिव्यलघुवित्तको आगमन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नमोबुद्व भकुण्डेवेशी, काभ्रेमा “सरल लघु बैंकिङ्ग” मूल नाराका साथ केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्था लि.को स्थापना गरीएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटीगभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि चिन्तामणि शिवाकोटीले बुधबार आयोजित एक समारोहका वीच समुद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा वित्तीय संस्थाको संस्थापक लगानीकर्ता सेन्चुरी कर्मसियल बैंक लि. का अध्यक्ष राजेश श्रेष्ठ,नमोबूद्घ उद्योग बाणिज्य संघका अध्यक्ष वशुनारायण श्रेष्ठ लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै छिट्टै नै नेपालको सबैभन्दा ठुलो लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित हुन सफल होस् भनी शुभकामना व्यक्त गर्नु भएको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४ सालमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७५ सालमा वित्तीय कारोवार गर्ने ईजाजत पाएको यस वित्तिय संस्थाको अधिकृत पूंजी २० करोड, जारी पूँजी ११ करोड रहेको छ ।
हालको चुक्ता पूँजी ७ करोड ७० लाख रहेको छ । चुक्ता पूँजीमध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि. र कैलाशविकास बैंक लि.को ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक शेयर रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS