IME Life New

राष्ट्र बैंकद्वारा बैंकलाई दिइएको बीमा अभिकर्ता अनुमति खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौद्रिक नीतिमै स्पष्ट शब्दमा बैंकहरुलाई बीमा अभिकर्ताको अनुमति नदिने नीति तर्जुमा गरेको नेपाल राष्ट्र बैंकले बाणिज्य तथा विकास बैंकहरुलाई यसअघि दिँदै आएको बीमा अभिकर्ताको अनुमति खारेज गरिदिएको छ ।

मौद्रिक नीतिलाई सम्बोधन गर्न सोमबार केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशिकामा बैंकहरुलाई बीमा कम्पनीको बीमा अभिकर्ताको रुपमा दिइदै आएको अनुमति खारेज गरिएको छ । तर, कर्जा प्रवाहमा ऋणी आफैले छानेको कम्पनीमा बीमा गर्न भने बन्जेद नलगाएको राष्ट्र बैंकको एकीकृत निर्देशिकामा उल्लेख छ ।

Esewa
Crest

राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिका अनुसार बैंकहरुले बीमा कम्पनीहरुको बीमालेख बिक्री गर्ने नपाउने भएका हुन् । यसअघि मौद्रिक नीतिमा आइसकेको यस्तो व्यवस्था सोमबार राष्ट्र बैंकले सर्कुलर जारी गरेर यो व्यवस्थालाई अझ स्पष्ट पारेको प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

केही वर्षदेखि बैंकलाई बीमा पोलिसी बिक्री गर्न बैंकलाई केन्द्रीय बैंकले नै अनुमति दिएको थियो । जसबाट बैंकहरूले गत आवमा दुई अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ४९ उपदफा (१) ले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणीले छनोट गरेको बीमा कम्पनीबाट मात्रै कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्ति वा बिनाधितो कर्जा परियोजनाको मात्रै बीमा गारउन सकिने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS