IME Life New

आजदेखी नयाँ नेपाल लघुवित्तको २५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ नेपाल लघुवित्तले साउन २७ गतेदेखि २५० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीको एक सय कित्ता शेयर हुनेले दुई सय पचास कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।यो हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंकका अधिकांश शाखा कार्यालय लगायत धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गरे पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS