राम ६० वर्ष पुग्यो । रामले आफ्नो जीवनको लामो समय निजी स्कुलमा काम गरेरै बितायो । मानवले अनेकन सपनाहरु देख्छन् । तीनै सपनाहरुलाई साकार पार्न हरपल लागि परिरहन्छन् । रामका पनि केही सपना थिए । सामान्य परिवारमा जन्मे, हुर्केको रामको सपना थियो जीवनमा केही गर्ने । आफुलाई जन्म दिने बाबुआमालाई खुशी पार्ने । उ आफ्ना सपनाहरुलाई साकार पार्न बिहान, बेलुकी नभनि लागि परिरहन्थ्यो ।
निजी स्कुलमा लामो समयसम्म काम गरको रामले जागिर छोड्ने बेलामा नत उपदान पायो नत “पेन्सन” नै पायो । जागिर छोडेको दिन उसको हात खालि भयो ।
रामले बोर्डिङ् स्कुलमा लामो समय सम्म जागिर गरे पनि आज उ सँग आफ्नो आम्दनीको कुनै पनि हिस्सा छैन् । जवान रहुँञ्जेल कमाएको सबै आम्दानी आफ्ना सन्तानको पढाई खर्च मै सकियो । नसकियोस् पनि कसरी शहरको बसाँई तीन सन्तानलाई रामले राम्रै कलेजमा उच्च शिक्षा दिएको थियो । रामलाई घर खर्च चलाउन सघाँउने त्यत्ति बेला को नै थियो र । श्रीमतिको शैक्षिक योग्यता राम्रो थिएन । उनी घर मै रहन्थिन ।
जसो तसो गरेर रामले आफ्ना तीन सन्तानलाई उच्च शिक्षा दिएको थियो । ऋणपान गरेर रामले छोराछोरीको विवाहवारी पनि गरिदियो ।
भनाई नै छ नि आमा बाको मन छोराछारी माथि छोराछोरीको मन ढुङ्गामुढा माथि । हो ठ्याक्कै! यहि कुरा रामको जीवनमा पनि लागु भयो । सन्तानको शिक्षा दिक्षाको लागि नै रामले आफ्नो आम्दानीको सारा हिस्सा खर्च गरेको थियो । छोराछोरीहरु सबै विदेश गएको र रामको आम्दानीको श्रोत नभएको कारणले रामलाई समस्या पर्दै आएको छ। छोराछोरीले आफै बुझेर पैसा नपठाईदिने र रामले आग्रह गरे पछि मात्र केही सामान्य रकम मात्र पाउने भएकाले रामलाई दिक्क लाग्दै थियो।
रामले आफ्नो जीवनको लामो समयसम्म जागिर त खायो । तर आज उसलाई सामान्य दैनिकि गुर्जान पनि गाह्रो भएको छ ।
राम र हरी एउटै सहकर्मी हुन् । हरी पनि आज आफ्नो जागिरबाट अलग्गिएको छ । राम र हरीले संगैसँगै जागिर छोडेका थिए ।
तर हरीको अवश्था रामको जस्तो छैन् । बुढेशकालमा छोराछोरीले नहेरे पनिे आफ्नो वुद्धिमताको कारणले उ आर्थिक रुपमा सबल देखिन्छ । हरीले आफ्नो आम्दानीको सानो सानो रकम जम्मा गरेर जीवन बीमा गरेको थियो । हरी आफ्नो भविष्य प्रति चिन्नित थियो । उसले आफु जागिर छोड्ने अवधिलाई लक्षित गरेर बीमा पोलिसि किनेको थियो । र जागिर छोडेको केही समयपछि नै हरीले खरिद गरेको बीमा अवधि समाप्त भयो । उसले १५ वर्ष अघि गरेको जीवन बीमा परिपक्क भयो र अहिले एकमुष्ट ३० लाख रुपैयाँ पायो ।
यो सबै कुरा हरीले रामलाई सुनाउँछ । बुढेशकाल मै भए पनि रामले जीवन बीमाको महत्व बुझ्छ । रामले जीवन बीमाको महत्व बुझे पनि ढिलो भई सकेको हुन्छ । आफुले बेलैमा जीवन बीमा नगरेकोमा उ पश्चातमा पर्छ ।
तर राम आजभोलि आफ्ना आफ्न्तलाई जीवन बीमाको महत्व बुझाउँछ । आफ्न्तलाई मात्र कहाँ होर् उ चिया पसलमा रहँदा पनि जीवन बीमाको आवश्यकता अनि महत्वको गुणगान सुनाईरहन्छ ।
निष्कर्ष:
सरकारी जागिरे र केही निजी संघसंस्थाहरुमा काम गर्ने जागिरेहरुले जागिरबाट अवकास पाए पछि पेन्सन वा अन्य सेवा सुविधाहरु पाउँछन् । तर आज पनि केही निजी संघसंस्थाहरुमा यस्तो प्रचलन रहेको पाईदैन् ।
जीवनभरि जागिर गरे पनि अवकास पछि केही नहुँनु भन्दा आफ्नो आम्दानीको सानो सानो रकमलाई जम्मा गरि जीवन बीमा गरेमा बुढेशकालमा यसले केही राहत पुर्याउँछ ।
बीमाले जोखिम बहनका साथसाथै बचतको पनि काम गर्ने हुँदा आफु कमाउँन सकुञ्जेल आफ्नो कमाईको केही हिस्सा बचाएर बीमा गरे बुढेसकालमा आउने आर्थिक संकटलाई सामना गर्न सकिन्छ ।
बीमा जोखिम हस्तान्तरण गर्ने एक माध्यम हो । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । बीमाको माध्यमबाट हामिले भविष्यमा पर्न सक्ने सम्भावित जोखिमहरु कम गर्न सक्छौ ।
यस घटनाका पात्रहरु काल्पनिक हुन्