IME Life New

कामना सेवा विकास बैंक र खल्ती (डिजिटल वालेट)बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल कम्पनीसँग सम्झौता गरेको छ । प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकहरुलाई खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसँग सम्झौता गरेको हो ।

बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी,मोबाइल टप अफ गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोग हुने बंैकले जनाएको छ ।

Esewa
Crest

हालसम्म बैंकले ९१ वटा शाखा तथा ४३ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै समय सापेक्ष बैंकले आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS