IME Life New

एनसीसी बैंकले शुरु गर्यो भिसा क्रेडिट कार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनसीसी बैंकले अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड शुरु गरेको छ । आज आषाढ ३ गतेबाट बैंकले भिसा क्रेडिट कार्ड शुभारम्भ गर्ने भएको हो ।

बैंकले भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि एटिएम र पिओएस् मेशिन मार्फत सामान वा सेवा लिन सकिने, इएमभि मा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुविधा रहेको छ ।

Esewa
Crest

बैंकको भिसा क्रेडिट कार्डको शुरुमा नै बैंकले असार महिना भरि नयाँ एसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क एनसीसी बैंकको भिसा क्रेडिट कार्ड उपलब्ध गराउने जानकारी दिएको छ ।

हालसम्म बैंकले मुलुकभर १ सय २० वटा शाखा कार्यालय, ८१ वटा एटिएम मेशिनबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै एनसीसी डेविड कार्ड, एनसीसी अस् ट्राभल भिसा कार्ड, एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएस्बिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS