IME Life New

कामना सेवा विकास बैंकका ग्राहकले सिद्धबाबा, सिद्धार्थनगर सिटी, लुम्बिनी सिटी हस्पिटलमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी स्वास्थ्य उपचार गराउँदा विभिन्न सेवामा छुट दिने गरी तीन वटा हस्पिटलसँग सम्झौता गरेको छ । सो सम्बन्भमा बैंकले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर., सिद्धार्थनगर सिटी हस्पिटल. र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्ससँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरि सम्झौता गरेको हो ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्घबाबा हस्पिटलको तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान,सिद्घार्थनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र लुम्बिनि सिटी अस्पतालको तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरे ।

Esewa
Crest

यस सम्झौता पछि अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै, समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS