सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैंकको ललितपुरस्थित ‘द अरफेन्स होम’, संस्थालाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई सहयोग गरेको हो ।
बैंकले ३५ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार खाद्यपर्दाथ दिई सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
हालसम्म बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९९ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गकार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।