IME Life New

राष्ट्रिय बीमा कम्पनी र त्रियुगा नगरपालिका बिच बीमा सुबिधा आदान प्रदान गर्ने सहमती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ: नेपाल सरकारको स्वामित्व प्राप्त निर्जिबन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेड र त्रियुगा नगरपालिका बिच आज एक औपचारिक कार्यक्रम माझ बीमा सुबिधा आदान प्रदान गर्ने सहमती सम्पन्न भयो । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा सम्पन्न उक्त सहमतीमा त्रियुगा नगरपालिकाका मेयर श्री बलदेब चौधरी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री वीर बिक्रम रायमाझीले हस्ताक्षर गर्नु भएको छ ।

नगर क्षेत्रमा रहेका नगरबासीहरुको आवसिय भवन, बाली तथा पशु बीमा अब देखी राष्ट्रिय बीमा कम्पनी लिमिटेड् मार्फत गर्ने ब्यबस्था गरिएको छ । बीमा गरिएका सम्पत्ती, बाली तथा पशु धनको हानी नोक्सानी भएमा नगरपालीकाको सिफारिसमा सरल तारिकाबाट क्षतिपूर्ती गरिने ब्यबस्था समेत यो सहमतीले गरेको छ ।
“गत केही बर्षहरुमा प्राकृतिक बिपदहरुका कारण देशमा घेरै घन – जनको क्षती भएको अबस्थामा सधै केन्द्र सरकारको मुख ताकेर बस्नु भन्दा आफै ब्यवस्थित बन्नु राम्रो हो भन्ने उद्धेश्यले नगरबासीको सुरक्षामा घ्यान दिएका हौ, कार्यबिधी बनाएर, नगरपालीकाले गरिब तथा बिपन्न बर्गलाई बीमा शुल्कमा निश्चित प्रतिशत अनुदान दिनेछौ”  नगर प्रमुख बलदेव चौधरीले भन्नु भयो । “आम नागरिकहरु बीमाको पहुचबाट टाढा रहेको अबस्थामा, बीमामा नागरिकको पहुच पुर्याउदै भबिश्यमा हुन सक्ने हानी नोक्सानीमा सरकारको मुख ताक्न नपरोस भन्ने उद्धेश्यले यो सहमती गरिएको हो” राष्ट्रिय बीमा कम्पनी लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत श्री वीर बिक्रम रायमाझीले भन्नु भयो।

सहमतीको कार्वन्यन पछी नागरिकको सुरक्षा र क्षतीपूर्तीमा सरकारलाई न्यून भार पर्ने छ भने बीमाको माध्यमबाट उचित मूल्य अभिबृर्दी कर समेत सरकारलाई प्राप्त हुने बिश्वास लिईएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS