IME Life New

ग्लोबल आइएमर्इ बैंकको नाफा २ अर्ब नाघ्यो, जगेडा कोष आकर्षक बन्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गत आर्थिक वर्ष ग्लोबल आइएमर्इ बैंकले २ अर्ब १५ करोड रुपैयाँ नाफा गरेको छ, जुन नाफा आर्थिक वर्ष (२०७३/७४) को तुलनामा ७.५० प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७३/७४ अघिल्लो बर्ष दुर्इ अर्ब रुपैयाँ थियो। बजारमा देखिएको तरलता अभाबले ग्लोबल आइएमर्इ बैंकले ४ प्रतिशतले मात्रै निक्षेप बढाएको छ भने ऋण लगानी भने १५ प्रतिशतले बढाएको छ।

बैंकले असार सम्ममा एक खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९३ अर्ब ३७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। स्प्रेड दर र आधार ब्याज दर बढाएको बैंकको ब्याज आम्दानी ५५ प्रतिशतले बढेको छ भने ब्याज खर्च सत प्रतिशत बढेको छ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले तोकेको पूँजी अघिल्लो बर्ष नै पुर्याइसकेको बैंकको जगेडा कोष भने ८९ प्रतिशतले बढेर ४ अर्ब ५७ करोडरु रुपैयाँ पुगेको छ। बैंकले प्रस्तुत गरेको वित्तीय विवरण अनुसार जगेडा कोष आकर्षक देखिएको छ।
खराव कर्जा सुधार गर्दै ०.६९ प्रतिशतमा झारेको छ। आधार व्याजदर १०.५५ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने १.५ प्रतिशत बिन्दुले बढाएर ४.८६ प्रतिशत पुर्याएको छ। निक्षेप संकलनको प्रतिस्पर्धाभन्दा पनि भएकै निक्षेपलार्इ जोगाउन उच्च ब्याज दिँदा नाफामा बढोत्तरी आउन सकेन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS