IME Life New

तीनवटा निर्जीबन कम्पनीले मात्रै पुर्याए पूँजी, नपुर्याउनेलाई के गर्ला समितिले? होला त इन्स्योरेन्समा पहिलो मर्जर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले तोकेका निश्चित अवधि भित्र तीन वटा बीमा कम्पनीले मात्रै चुक्ता पूँजी कायम गरेका छन् । हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले तोकेको अवधिमा चुक्ता पूँजी कायम गरेका छन् । बाँकी १४ वटा कम्पनीले भने अहिलेसम्म पूँजी कायम गर्न सकेका छ्रैनन् ।

बीमा समिति निर्देशन जारी गर्दै गत आर्थिक बर्ष २०७४/७५ को अन्त्यसम्ममा पूँजी कायम गर्न निर्देशन दिएको थियो । समितिले निर्जीवन बीमा कम्पनीको लागी १ अर्ब र जीवन बीमा कम्पनीको लागी २ अर्ब रुपैयाँ चुक्ता पूँजी तोकको थियो ।
समितिको तथ्यांक अनुसार गत आवको अन्त्यसम्ममा एभरेष्ट्र इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको चुक्ता ज्यादै न्यून देखिएको छ । एभरेष्ट इन्स्योरेन्सको १३ करोड ३६ लाख रुपैयाँ मात्रै पूँजी कायम रहेको छ । समितिको निर्देशन अनुसार कम्पनीलाई अझै ८६ करोड ६३ लाख पूँजी अपुग भएको छ ।

Esewa
Crest

युनाईटेडको ३० करोड ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीको ६९ करोड ७६ लाख रुपैयाँ अपुग छ । राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख पुँजी कायम छ । अझै कम्पनीको ७३ करोड ३३ लाख रुपैयाँ पूँजी जुटाउनु पर्नेछ । कम्पनीले आगामी छ महिना भित्र चुक्ता पूँजी कायम गर्न हकप्रद सेयर जारी गर्ने तयारी गरेको कम्पनीका कार्यकारी प्रमुख रमेश कुमार भट्टराईले बताए ।
नेपालमा बीमा व्यवसायको दायरा बढ्दै गएकाले कम्पनीहरुलाई बलियो बनाउन समितिले पूँजी बृद्धिको निर्देशन दिएको हो । तर, पूँजी बढाउन नसक्ने कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहित गरिने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताएका छन् । स्वस्फूर्त रुपमा मर्जरमा नजानेलाई बाध्यकारी बनाईने समेत समितिले बताएको छ।

समितिले जारी गरेको बिमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धित निर्देशिका अनुसार कम्पनीहरुलाई चुक्ता पूँजी पुराउनका लागी तीन महिना थप प्रदान गर्न सकिनेछ । उक्त अवधिमा पनि पुराउन नसके अर्को एक पटक तीन महिनाको अवधि थप गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS