IME Life
GBIME

 सिनर्जी फाइनान्सको  ११ करोडको नाफा घटेर ५ करोडमा

SPIL
NIC ASIA new
NLIC

सिनर्जी फाइनान्स लिमिटेडको यो वर्ष नाफा घटेको छ ,गत बर्षको तुलनामा नाफामा गिरावट आएको छ । यो फाइनान्सले अघिल्लो वर्ष ११ करोड ६ लाख ६ हजार रुपैयाँ कमाएको भएपनि गत वर्ष यो नाफा ११ करोड ८३ लाख १६ हजार रुपैयाँले घटेर ५ करोड २२ लाख ९० हजार रुपैयाँमा आएको छ । सिनर्जी फाइनान्स लिमिटेडको नाफा ५२ प्रतिशतले घटेको छ ।यो फाइनान्सको चुक्त पुँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोष १३ करोड ३७ लाख १६ हजार ऋणात्मक छ ।

यो फाइनान्स बेस्ट फाइनान्ससँग मिल्दै छ । आगामी साउन १७ गते देखि बेष्ट फाइनान्स कम्पनी लिमिटेडले प्राप्ति गरेर एकीकृत कारोबार गर्ने सहमति भइसकेको हो । फाइनान्सले गत आवमा अघिल्लो आवको तुलनामा नाफा बढाउन भने सकेन् ।यो फाइनान्सले २ अर्ब २ करोड ५१ लाख ५३ हजार रुपैयाँ गत आवसम्मा निक्षेप संकल नगरेर १ अर्ब ७१ करोड १० लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसले २५ करोड ९६ लाख लगानी गरेको छ ।यो फाइनान्सको खराब कर्जा १८.३३ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यसले २ करोड ५७ लाख १५ हजार रुपैयाँ खराब कर्जा अशुल गरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा अनुपात २३.४० प्रतिशत थियो ।यसको गत वर्षको प्रति शेयर आम्दानी ११.२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ६०.७९ रुपैया छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS