IME Life New

खुल्यो नयाँ बीमा कम्पनी: सानिमा इन्स्योरेन्स, ७२ घण्टाभित्र दावी भुक्तानी दिने प्रतिबद्दता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: चालु आर्थिक वर्षमा बिमकको इजाजत पाउने मध्येको सानिमा इन्स्योरेन्स कम्पनीले आफ्नो व्यावसायिक कारोबार सुरु गरेको छ, निर्जिबन बीमा ब्यबसाय संचालन गर्ने सानिमा इन्स्योरेन्सको व्यावसायिक संचालन संगै नेपालमा निर्जिबन बीमा कम्पनी हरुको संख्या २० पुगेको छ ।

असार २७ गते बुधबार कम्पनीका सञ्चालक खेमलाल लामिछानेले सानिमा इन्स्योरेन्स कम्पनीको व्यावसायिक कारोबार शुभारम्भ गरेका हुन्। बीमा समितिले यसै आर्थिक वर्षमा निर्जीवन बीमा व्यावसाय गर्न अनुमति दिएको थियो, यो संगै सानिमा इन्स्योरेन्स कम्पनी नेपालको कान्छो निर्जिबन बीमा कम्पनी बनेको छ ।

Esewa
Crest

नेपाल कृषि बीमा कालागि उपयुक्त भएको हुँदा कम्पनीले आफ्नो बीमा व्यवसाय कृषि क्षेत्रमुखी हुने कम्पनीका नायव महाप्रवन्धक सुवोधलाल श्रेष्ठले बताए। कम्पनीका नायव महाप्रवन्धक सुवोधलाल श्रेष्ठले भने अनुसार-‘नियमनकारी निकायले आफ्नो सम्पूर्ण व्यवसायको १० प्रतिशत कृषि बीमा हुनै पर्ने भनेको छ हामी योभन्दा पनि धेरै व्यवसाय गर्ने योजनामा छौं।’

दक्ष्य जनशक्तिमा आफ्नो कम्पनीले जोड दिएको बताउदै श्रेष्ठले भने ‘एकैपटक जीवन तथा निर्जीवन बीमा कम्पनी बजारमा आउँदा कर्मचारीको अभावलार्इ मध्यनजर गर्दै फ्रेस कर्मचारी नियुक्ती गर्दै बिदेशमा ट्रेनिङको लागि पठाउने योजना बनाएका छौं। उनले निर्जीवन बीमा व्यवसायमा दाबी भुक्तानी एकदमै ढिला हुने गरेको गुनासोलार्इ मध्यनजर गर्दै बीमित तथा आमसर्बसाधारणलार्इ सचेतनात्मक कार्यक्रम अगाडि बढाउने बताए।

नायव महाप्रवन्धक श्रेष्ठका अनुसार- ‘बीमित जति धेरै सचेत हुन्छन् बीमा कम्पनीलार्इ पनि दाबी भुक्तानी गर्न सजिलो हुन्छ। बीमितिले समयमा आवश्यक कागजपत्र पेश गर्न सकेमा ७२ घण्टामा दाबी भुक्तानी गर्छौ।’

सानिमा इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। बीमा समितिले तोकेको एक अर्ब रुपैयाँको पूँजीको लागि कम्पनीले ३० करोड रुपैया आगामी आर्थिक वर्षमा सर्बसाधारणको लागि शेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ।

हाल केन्द्रीय कार्यालय मात्रै रहेकोमा केही दिनमा उपत्यकाभित्र तीनवटा नयाँ शाखा कार्यालय र आगामी आर्थिक वर्षभरिमा २० वटा नयाँ शाखा खोल्ने योजना बनाएको कम्पनीले जनाएको छ। सानिमा इन्स्योरेन्समा सानिमा बैंक, सानिमा प्रालि, गैरआवासिय नेपाल संघका पूर्व अध्यक्ष जीवन लामिछानेको मुख्य लगानी रहेको छ। चालु आर्थिक वर्षमा सानिमा लाइफ इन्स्योरेन्स समेत संचालन गरेको यो समूह अब जिबन बीमा तथा निर्जिबन बीमा दुवै तर्फ ब्यबसाय विस्तारमा लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS