IME Life New

बाली तथा पशुपन्छी बीमाअन्तर्गत एनएलजी इन्स्योरेन्स सर्वाेत्कृष्ठ कम्पनी सरकारले गर्यो सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आर्थिक बाली तथा पशुपन्छी बीमामा उल्लेख्य योगदान गरे एनएलजी इन्स्योरेन्सलाई सर्वाेत्कृष्ठ बाली तथा पशुपन्छी बीमा कम्पनीको रुपमा सम्मानित गरेको छ। अषाढ २० गते आयोजित एक कार्यक्रमका बीच सो सम्मान कृषि मन्त्री चक्रपाणी खनालले सम्मान पत्र इन्स्योरेन्सका कामु सिइओ सुनिल वल्लब पन्तलाई हस्तान्तरण गरेका हुन्।

पशु तथा बाली निर्देशका २०७० जारी गरे संगै नेपालमा पशु तथा बालीको सुरुवात भएको हो। सरकारले किसानको बाली तथा पशु बीमा गरेर किसानलाई जोखिमबाट मुक्त गर्ने भन्दै सबै बीमा कम्पनीले अनिवार्य कृषि बीमा गर्नुपर्ने भन्दै गत माग महिनादेखि पशु तथा बाली बीमा लागू गरेको थियो । बाली तथा पशुपन्छी बीमामा सरकारले ७५ प्रतिशत अनुदान समेत उपलब्ध गराउदै आएको छ। बाली तथा पशुपन्छी बीमा गराउनेमा एनएलजी इन्स्योरेन्स अगाडी रहेको छ।
एनएलजी इन्स्योरेन्सले सर्वाेत्कृष्ठ कम्पनीको सम्मान पाएको हो भने सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ठ कम्पनीको रुपमा सम्मान गरिएको हो ।

Esewa
Crest

सम्मान ग्रहण गर्न एनएलजी इन्स्योरेन्सका कामु सिइओ सुनिल वल्लब पन्त, सिद्धार्थ इन्स्योरेन्सका सिइओ बिरेन्द्र वैद्यवार र लुम्बिनी जनरल इन्स्योरेन्सका सिईओ नुर प्रकाश प्रधान कृषि विभाग पुगेका थिए ।

सरकारले बाली तथा पशुपन्छी बीमा कार्यक्रमका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । ठूलो मात्रामा बीमा गराएको तथा समयमै दावी भुक्तानी गराएको भन्दै सम्मानित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS