IME Life New

नेपाल पुर्नबीमा कम्पनीको खुद नाफामा बृद्धि, रेटिङको कमि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल पुर्नबीमा कम्पनीको खुद नाफामा बृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्म ७२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत बर्षको भन्दा २० करोड ४५ लाखले बढी हो ।कम्पनीले यसअवधिमा निर्जीवन व्यवसायबाट ६८ करोड ४५ लाख रुपैयाँ र जीवन व्यवसाय अर्न्तगत ४ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
पाँच अर्ब कुल चुक्तापूँजी रहेको कम्पनीको जीवन व्यवसायमा १४ करोड ५८ लाख रुपैयाँ बराबरको रकम र निर्जीवन व्यवसायमा एक अर्ब ७५ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ ।कम्पनीले निर्जीवन व्यवसायवाट १ अर्ब ५६ करोड रुपैयाँ खुद बीमा शुल्क भने बीमा शुल्कबाट ९३ करोड १० लाख रुपैयाँ संकलन गरेको थियो ।

तेसैगरि जीवन व्यवसायवाट १७ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ भने बीमा शुल्कबाट ७ करोड ३२ लाख रुपैयाँ संकलन गरेको थियो।

Esewa
Crest

कम्पनीले निर्जीवन व्यवसायका लागि ५४ करोड ६५ लाख रुपैयाँ तथा जीवन व्यवसायका लागि ५ करोड ५८ लाख रुपैयाँ गरि यसै अवधिमा जम्मा कम्पनीले ६० करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

त्यस्तै पुनर्बीमा कम्पनीले पुनर्बीमा कमिसनका लागि ५९ करोड १४ लाख रुपैयाँ विदेशी दलाल कम्पनीलाई भुक्तानी गरेको छ।लामो समय देखि पुनर्बिमाबापत मुलुकबाट ठूलो परिमाणमा रकम बाहिरिने गरेको छ।

पुनर्बिमा गर्नको लागि पुनर्बिमा कम्पनीको रेटिङ गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास रहँदै आएको छ। तर, नेपाल पुनर्बिमा कम्पनीको भने हालसम्म रेटिङ भएको छैन । यद्यपि, कम्पनीले विभिन्न मुलुकमा पुनर्बिमाको व्यवसाय भने विस्तार गरेको छ ।

बिमा कम्पनीहरूले स्वीकार गरेको जोखिमहरूमध्ये आफूले धारण गरेको जोखिमको हिस्साबाहेक बाँकी जोखिम अन्य बिमा कम्पनी पुनर्बिमा कम्पनीहरूलाई हस्तान्तरण गर्ने प्रक्रियालाई पुनर्बिमा भनिन्छ । पुनर्बिमाको पनि पुनर्बिमालाई रेट्रोरेसन भनिन्छ। कम्पनीहरूले आफनो आर्थिक अवस्था सवल राख्न, कार्य क्षमतालाई वृद्धि गर्न, दाबी परेको खण्डमा दाबी फछ्र्याैट गर्नसक्ने सहज अवस्थाको सिर्जना गर्न तथा लगानीको उचित व्यवस्था गरी आकर्षक प्रतिफल प्रदान गर्नको लागि पर्याप्त पुनर्बिमा व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS