काठमाडौं । एभरेष्ट कलरले शेयरधनीहरुलाई निराश पार्दै लाभांश नबाँड्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थ अब लगानीकर्ताले यो कम्पनीको बोनस शेयर र नगद कुनै पनि लाभांश पाउने छैनन्।
कम्पनी र शेयरधनीहरुको दीर्घकालीन हितलाई ध्यानमा राखी यो निर्णय लिइएको कम्पनीले स्पष्ट पारेको छ।











