काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ तोलामा १ हजार ९०० सय रुपैयाँले घटेको हो। यससँगै प्रतितोला सुन २ लाख ६७ हजार २०० सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ५२० रुपैयाँमा किनबेच भएको थियो।











