काठमाडौं । सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँको कुल २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ६ प्रतिशतले हुन आउने ३१ करोड ३४ लाख ५६ हजार ५०० रुपैयाँबराबरको बोनस शेयर र १५ प्रतिशतले हुन आउने ७८ करोड ३६ लाख ४१ हजार २५० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
लाभांश पारित गर्न कम्पनीले आउँदो पुस २ गते आठौँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्यारिङमा बिहान १० बजेबाट सुरु हुनेछ।
सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।
लाभांश र सभा प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।











